Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण   

इप्पान र विद्युत प्राधिकरण एकै परिवारका सदस्य हुन्, सरकारी मानसिकताबाट माथि उठेर काम गर्छुः ढकाल


काठमाडौं । नेपाल विद्युत प्राधिकरण, विद्युत व्यापार विभागका नवियुक्त निर्देशक राजन ढकालले ऊर्जा उत्पादक र वितरक एकै परिवारका सदस्य भएकोले एक अर्कालाई विश्वास गरेर अघि बढ्नुपर्ने बताएका छन् । मंगलबार  स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का पदाधिकारीहरुसँगको भेटमा निर्देशक ढकालले कुल विद्युत उत्पादनमा ६० प्रतिशतभन्दा बढी योगदान रहेको निजी क्षेत्रकाे छाता संगठन इप्पान र नेपाल विद्युत प्राधिकरण एकै परिवारका सदस्य भएको बताएका हुन् ।

इप्पान र प्राधिकरण एक्लै हिँड्दा कोही पनि गन्तव्यमा पुग्न नसक्ने भएकाले टिमवर्कमा काम गर्नुपर्ने र त्यसका लागि आफ्नो टिम सरकारी काम भन्ने मानसिकताबाट माथि उठेर निजी क्षेत्रकै शैलीमा काम गर्न तयार रहेको बताए ।

भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले पछिल्लो समय आर्थिक सुस्तताका कारण बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह गर्न नसक्दा पीपीए भएका धेरै आयोजनाको वित्तीय व्यवस्थापन हुन नसकेको र वित्तीय व्यवस्थापन भएका कतिपय आयोजनाले समेत काम अघि बढाउन नसकेकोले विद्युत उत्पादन गर्नुपर्ने मिति थप गर्नका लागि पहलकदमी लिइदिन आग्रह गरे ।

सरकारले १२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादनको लक्ष्य लिइएकोले विभागलाई यो परिमाणको विद्युत खरिद विक्री सम्झौता (पीपीए) गर्ने अवसर भएको पनि कार्कीले बताए ।

इप्पानका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद आचार्यले विद्युत व्यापार विभागबाट निजी क्षेत्रलाई सहज हुने वातावरण बनाएर काम गर्न आग्रह गरे ।इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले निजी क्षेत्रका ऊर्जा उत्पादक र विद्युत व्यापार विभागको सम्बन्ध नङ र मासु जस्तै हुनुपर्ने बताए ।

इप्पानका महासचिव बलराम खतिवडाले निजी क्षेत्रले विद्युत खरिद विक्री सम्झौता ९पीपीए०का लागि आवेदन दिएका १२ हजार मेगावाट क्षमताका सबै आयोजनाको पीपीए ढकालकै कार्यकालमा हुनेमा विश्वस्त रहेको बताए ।

इप्पानका उपमहासचिव प्रकाश दुलालले सरकारी कर्मचारी भएपनि निजी क्षेत्रकै शैलीमा काम गर्ने जुझारुपन ढकालमा भएको भन्दै विद्युत व्यापार विभागमा पनि सोही शैलीमा काम हुनेमा आशावादी रहेको बताए ।

भेटमा इप्पानकोतर्फबाट अध्यक्ष गणेश कार्की सहित निवर्तमान अध्यक्ष कृष्ण प्रसाद आचार्य, वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी, उपाध्यक्षद्वय आनन्द चौधरी र भरत खत्री, महासचिव बलराम खतिवडा, उपमहासचिव प्रकाश दुलाल, कोषाध्यक्ष नरेन्द्र बल्भ पन्त, कार्यसमिति सदस्य मिथुन पौडेल र प्रमुख कार्यकारी अधिकृत भीम गौतम लगायतको सहभागिता रहेको थियो ।


Read Previous

तेस्रो लगानी सम्मेलनको नाम र लोगो सार्वजनिक

Read Next

बजेट अभावले अर्घाखाँचीका १३१ खानेपानी योजना अलपत्र   

Leave a Reply

Your email address will not be published.