Nepal Purbadhar

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

पारिफाँटा भमरभोज जोड्ने सडकमा पुल बनाउन माग  


कञ्चनपुर ।  शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटास्थित सनवोरा नदीको पुरानो बहाव क्षेत्रमा पुल निर्माण नहुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन् । झण्डै आधा किलोमिटर क्षेत्रको सडक हिउँदमै हिलाम्मे हुने गर्दछ । पारिफाँटा भमरभोज जोड्ने सडकको बीच क्षेत्रमा पर्ने नदीको पुरानो बहाव क्षेत्रमा स्थानीय बासिन्दाले विगत १० वर्षदेखि पुलको माग गर्दै आएका छन् ।

अर्को वैकल्पिक सडक नहुँदा स्थानीय बासिन्दा, विद्यालय जाने विद्यार्थी, बिरामीलाई अस्पताल पुर्याउनुपर्दा सोही सडक भएर जानुपर्ने अवस्था रहेको स्थानीय धनसिंह ठगुन्नाले बताए ।“चुनावकै बेला प्रचारप्रसार गर्न आएका उम्मेदवारले गाडी सडकमै फस्दा स्थानीयले घचेटेर निकालेका थियौँ”, उनले भने, “सडकको दुरावस्था देख्दा उम्मेदवारले चुनाव जितेपछि यस क्षेत्रमा पक्की पुल निर्माण गर्ने बाचा गरेका थिए, पुलका लागि सर्भेसम्मको कार्य अझै हुनसकेको छैन ।”

चुनाव जित्ने र हार्ने कोही पनि यस क्षेत्रका बासिन्दाका सुख, दुःखमा साथ दिनका लागि पुग्न नसकेको उहाँको भनाइ छ । “हिउँदका बेला सडकमा हिँड्नै गाह्रो छ”, उनले भने, “वर्षातका बेला कम्मरसम्मको पानीमा गन्तव्यमा जानुपर्छ ।” सनवोरा नदी पुरानो बहाव छाड्दै पश्चिमतर्फ भएर बग्दै आएको छ । वर्षात्का बेला नदीको बहाव उच्च हुँदा पुरानो बहाव क्षेत्रमा पनि बाढीको पानी बग्ने गर्दछ । नदीको पुरानो बहाव क्षेत्रलाई स्थानीयले घरकटुवा खोला पनि भन्ने गरेका छन् ।

“बस्ती नजिकै विद्यालय भए पनि वर्षात्का बेला तीन किलोमिटर टाढाको अर्को बाटो घुमेर जानुपर्ने बाध्यता छ”, जुद्धबहादुर बमले भने, “पुल निर्माण भइदिए सास्ती खेपेर गन्तव्यमा जानुपर्ने अवस्थाको अन्त्य हुन्थ्यो ।” नदीको पुरानो बहाव क्षेत्र भएकाले हिउँदमा पनि पूरै हिँडने सडक हिलाम्मे भएको उल्लेख गर्दै उनले हालसम्म कुनै पनि निकायले नहेरेको बताए ।

शुक्लाफाँटा–८ का वडाध्यक्ष बहादुरसिंह महरा वडाको बजेटले पुल निर्माण गर्न नसकिने बताए । “पूरै सडकखण्ड दलदल छ”, उहाँले भने, “ग्राभेल राख्ने अवस्था छैन, अहिले ग्राभेल राखे पनि वर्षात्मा पूरै बगेर जान्छ, त्यस क्षेत्रमा पुल नै आवश्यक छ, त्यसका लागि नगरदेखि प्रदेशसम्म गुहारेका छौँ, कुनै पनि निकायले चासो देखाएका छैनन् ।”

यसै क्षेत्र भएर नगर चक्रपथअन्तर्गतको सडक बन्ने भएकाले पुलका लागि पहल गरिनेमा आशावादी रहेको उनकाे भनाइ छ । पारिफाँटा भमरभोज क्षेत्रमा दुई सय ५० बढी परिवारको बसोबास छ ।


Read Previous

बजेट अभावमा कैलालीका खानेपानीका योजना अलपत्र, संरचनासमेत जीर्ण हुँदै   

Read Next

निर्माण ढिलासुस्तीले ४ वर्षमा पनि सम्पन्न हुन सकेन चुकेनी आयोजना,बैशाखमा बत्ती बाल्ने अर्काे तालिका

Leave a Reply

Your email address will not be published.