Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

निर्माण ढिलासुस्तीले ४ वर्षमा पनि सम्पन्न हुन सकेन चुकेनी आयोजना,बैशाखमा बत्ती बाल्ने अर्काे तालिका


जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–१ मा निर्माणाधीन १ मेगावाटकाे चुकेनी साना जलविद्युत् आयोजनाको निर्माण अलपत्र अवस्थामा पुगेकाे छ । निर्माण कार्यले गति लिन नसक्दा याे साना जलविद्युत आयोजना अहिलेसम्म सम्पन्न हुन नसकेकाे हाे ।

निर्माण थालेकाे १८ महिनामा सकिनुपर्ने याे आयोजना ठेक्का सम्झौता भएको ४ वर्ष बितिसक्दा पनि अझै सञ्चालनमा आउन नसकेकाे पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिइन् ।

चुकेनी जलविद्युत आयोजनाको ठेक्का सम्झौता २०७६ जेठ १० गते भएको थियो । सम्झौता भएकाे मितिले १८ महिनामै निर्माण सकिनुपर्नेमा म्याद थप गर्दै निर्माण गरे पनि आयोजनाले अपेक्षित गति लिन नसकेको उनले बताइन् ।

निर्माण ठेक्का पाएकाे कम्पनीले अहिलेसम्म करिब ९० प्रतिशत निर्माण सम्पन्न गरेकाे छ । आयोजनाको अझै १० प्रतिशत काम बाँकी छ । निर्माण कम्पनीको ढिलासुस्तीले आयोजनाको प्रगति हुनसकेको छैन ।

आयोजनाको बाँकी १० प्रतिशत काम भारतबाट प्राविधिक आएपछि पूरा हुने कम्पनीका प्रतिनिधि श्रीराम परासरले बताए । उनका अनुसार अब आगामी बैशाखसम्ममा विद्युत उत्पादन सुरु गर्ने गरी अन्तिम चरणकाे काम भइरहेकाे छ ।

याे आयोजना कूल  ४३ करोड रुपैयाँ लागतमा सम्पन्न हुने अनुमान छ । कूल लगानी मध्ये ३० करोड रुपैयाँ वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रकाे अनुदान सहयाेग तथा  १३ करोड रुपैयाँ पालिका र स्थानीय जनताबाट जुटाइएकाे छ ।

जनताले चुकेनीखोला सहकारी संस्थामार्फत आफ्नो घरजग्गा धनपुर्जा धरौटी राखेर ६ करोड रुपैयाँ बराबरको सेयर लगानी गरेका छन् । नागरिकले बैंकको ब्याज तिरिरहेका छन्, तर बत्ती बाल्न अझै पाएका छैनन् । विद्युत् आयोजनामा चुकेनीखोला सहकारी संस्थाले बैंकबाट ऋण लिएर लगानी गरेको छ । सहकारी संस्थाका २५ जनाको जग्गाधनीपुर्जा बैंकमा धरौटी राखिएको पातरासी–१ का वडाध्यक्ष लालसिंह ऐडीले जानकारी दिए ।

आयोजनाको काम दुई प्रतिशतमात्रै बाँकी भनेको महिनौँ बित्दा पनि बत्ती नबलेपछि पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोरा नेतृत्वको टोलीले आयोजनाको अनुगमनसमेत गरेको छ । बत्ती आउने प्रतीक्षा गरिरहेको बेला अझै १० प्रतिशत काम बाँकी रहनु निर्माण कम्पनीको लापरवाही भएको गाउँपालिका अध्यक्ष बोहोराले बताए ।

जलविद्युत् आयोजना निर्माणको ठेक्का पाएको फेवा कन्स्ट्रक्सन प्रालिका प्रबन्धक चन्द्र भण्डारीले सुरुको दुई वर्ष कोभिडका कारण काम रोकिएपछि ढिला भएको जानकारी दिए । उनले चाँडै बत्ती बाल्ने गरी काम अन्तिम चरणमा पुगेको बताए । आयोजनाबाट ३ हजार ४ सय ५३ घरपरिवार लाभान्वित हुनेछन् ।

याे  आयोजनाले उत्पादन गर्ने विद्युत जुम्लाकाे विद्युतीकरणमा उपयाेग हुनेछ । विद्युत वितरणका लागि नेपाल विद्युत प्राधिकरणकाे जुम्ला वितरण केन्द्रले प्रसारण लाइन विस्तारकाे काम गर्नेछ ।


Read Previous

पारिफाँटा भमरभोज जोड्ने सडकमा पुल बनाउन माग  

Read Next

बूढीगण्डकीकाे लगानी ढाँचा टुंगाे लाग्यो,धादिङ र गाेरखाका स्थानीयले ३० अर्बकाे सेयर पाउने

Leave a Reply

Your email address will not be published.