Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

पुलचोक-गोन्द्राङ सडककाे ७५ प्रतिशत निर्माण पूरा,भदाैमा सम्पन्न गरिने


भरतपुर। चितवनको भरतपुरस्थित पुलचोक-गोन्द्राङ सडक निर्माणको ७५ प्रतिशत निर्माण पूरा भएकाे छ । दुईपटक म्याद थप गरी निर्माणाधीन ६ लेनकाे यो सडकको काम अन्तिम चरणमा पुगेको हो ।

अब वीरेन्द्र क्याम्पसबाट लायन्सचोकसम्म र चौबिसकोठीमा सर्भिस लेन बनाउने काम मात्रै बाँकी रहेकाे सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर शाहले जानकारी दिए । सडक आयाेजनाकाे वित्तीय प्रगती ६५ प्रतिशत छ ।

उनका अनुसार अन्य क्षेत्रमा लाइटिङको काम बाँकी छ । उनले अनुसार गोन्द्राङबाट चौबिसकोठीसम्म कालोपत्र गर्ने काम अगाडि बढेको बताए ।

निर्माण कम्पनीले सुरुवातमा २०७७ माघ २८ भित्र विस्तार गरी सक्नेगरी कामको जिम्मा लिएको थियो । याे मितिमा पनि काम नसकिएपछि दुई पटकसम्म म्याद थप गरिएको छ । अन्तिमपटक गत मंसिरमा आगामी भदौसम्म सक्नेगरी म्याद थप गरिएको शाहले बताए ।

भरतपुर र नारायणगढ क्षेत्रमा पर्ने यो सडकमा सहरी सौन्दर्यकरणलाई समेत ख्याल गरी ६.०८ किलोमिटर लामो सडक विस्तारको काम थालिएको हो । सडक निर्माण सम्पन्न गर्न १ अर्ब ७६ करोड रुपैयाँ लागत अनुमान गरिएकाे छ ।

उनले यस सडकलाई यस वर्ष ५ करोड रुपैयाँ मात्र बजेट विनियोजन भएको बताए । बाँकी रकम नपुगेर मन्त्रालयमा सिफारिस गरिएको पनि उनले बताए । “भुक्तानी लगभग ६५ प्रतिशत भएको छ, अझै ४५ करोड रुपैयाँ निर्माण कम्पनीलाई दिन बाँकी छ”, उनले भने, “सडक विभागमा फाइल पठाएका छौं, भुक्तानी छिट्टै हुनेमा आशावादी छौं ।”

अहिलेसम्म भुक्तानी समयमा नहुँदा सडक विस्तार गर्न समस्या परेको निर्माण कम्पनीले जनाएको छ । फागुनको पहिलो सातासम्म पुलचोकबाट वीरेन्द्र क्याम्पस चोकसम्म पहिलो चरणको कालोपत्र हुने पुलचोक–गोन्द्राङ ६ लेन सडकका कन्ट्याक्ट म्यानेजर सुनिल ढुङ्गानाले जानकारी दिए ।  वीरेन्द्र क्याम्पसबाट लायन्सचोकसम्म नाला निर्माणकार्य अन्तिम चरणमा पुगेको उनले बताए ।

सडकसँग जोडएका १४ स्थानमा सडकको पानी फाल्ने, गाडी, बाइक धुने कार्यले सडक निर्माण र गुणस्तरमा असर परेकाले महानगरले सचेत गराएको महानगरका इन्जिनियर साकार लामाले बताए । उनले महानगर प्रमुख दाहालले सडक निर्माणको दैनिक रिपोर्टिङ लिने गरेको बताए। बीस दिनअघि बजार क्षेत्रमा रहेको खानेपानी र ढलको समस्या समधान भएसँगै कामले गति लिएको लामाले बताए ।

महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्षको औपचारिक कार्यक्रम सुरु हुनभन्दा अघि नै धुलोमुक्त सडक निर्माण गरी सक्न निर्माण कम्पनीसँग सहमति भएको बताउनुभयो । निर्माण कम्पनीसँग पटक–पटक छलफल र संवाद गरी निर्माणलाई छिटो र गुणस्तरीय ढङ्गबाट सम्पन्न गर्न अनुरोध गरिएको प्रमुख दाहालले जानकारी दिए । उनले सडक निर्माणमा देखिएका समस्या समाधानका लागि महानगरपालिकाले सहजीकरण गरेर काम गरिरहेको बताए ।

५० मिटर चौडाइ रहने ६ लेन सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली भूमिगत गर्ने योजना छ । सडकको दायाँबायाँ ११.५ /११.५ मिटरको पिच हुनेछ । त्यसको बीचमा तीनदेखि चार मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ पाँच मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन दुवैतिर हुनेछ । त्यसभन्दा पर तीनदेखि ४ मिटरको फुटपाथ बन्ने डिजाइन छ ।


Read Previous

लगानी सम्मेलन निर्देशक समितिलाई तयारी तीव्र पार्न अर्थमन्त्री महतकाे निर्देशन  

Read Next

जलविद्युत विकासमा आन्तरिक वित्तीय स्रोत व्यवस्थापन

Leave a Reply

Your email address will not be published.