Nepal Purbadhar

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024
ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण    उद्योग विभागद्वारा ४ परियाेजनाकाे ९ अर्ब १३ करोड रुपैयाँ बराबरकाे लगानी स्वीकृत    तनहुँकाे व्यासमा सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता    म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण    लगानी प्रवर्द्धन गर्न अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सन्देश दिँदै सकियाे तेस्राे लगानी सम्मेलन

निर्माण व्यवसायीको बाँकी रकम भुक्तानी दिन प्रधानमन्त्री दाहालको निर्देशन   


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई सरकारकातर्फबाट भुक्तानी गर्नुपर्ने रकम तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले निर्माण व्यवसायीसँग आइतबार सिंहदरबारमा भएकाे छलपफलपछि भुक्तानी गर्न बाँकी रकम तत्काल निकासा गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएका हुन् ।

 निर्माण व्यवसायीसँग भएकाे छलफलमा अर्थमन्त्री डा. प्रकाशरण महत, भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्य सचिव डा. वैकुण्ठ अर्याल, अर्थसचिव डा कृष्णहरि पुष्कर, भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल पनि सहभागी थिए ।

प्रधानमन्त्री दाहालले छलफलमा निर्माण व्यवसायीलाई अहिलेसम्म तिर्नुपर्ने रकम तत्काल भुक्तानीका निम्ति प्रक्रिया थाल्न निर्देशन दिए । प्रधानमन्त्रीले निर्माण व्यवसायीलाई गत आर्थिक वर्षको  १ अर्ब ७१ करोड रुपैयाँ र चालु आवको अहिलेसम्मको ६ अर्ब ३०   तत्काल निकासा दिन अर्थमन्त्रीलाई निर्देशन दिएकाे प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

निर्माण व्यवसायीलाई उक्त रकम भुक्तानी भएपछि विकासनिर्माणका कामले गति लिने र अर्थतन्त्र चलायमान हुने अपेक्षा छ । अर्थ मन्त्रालयले समयमा रकम भुक्तानी नगरिदिँदा देशभरमा पूर्वाधार निर्माणकाे काम ठप्प जस्तै छ ।


Read Previous

ग्लोबल आइएमई बैंकद्वारा काेशी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

Read Next

सवारी दुर्घटनाका त्रृटि पत्ता लगाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनायो ५ सदस्यीय कार्यदल

Leave a Reply

Your email address will not be published.