Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
 ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग

सवारी दुर्घटनाका त्रृटि पत्ता लगाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनायो ५ सदस्यीय कार्यदल


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी दुर्घटनाकाे भौतिक र प्राविधिक पक्षका त्रृटिबारे अध्ययन गर्न ५ सदसीय कार्यदल गठन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सवारी दुर्घटनाबाट मानवीय, आर्थिक र भौतिक क्षति हुन थालेपछि भौतिक र प्राविधिक पक्षका त्रृटिहरु पत्ता लगाउन कार्यदल गठन गरेका हुन् ।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रृबहाक बस शुक्राबार राति दुर्घटना हुँदा ११ जनाले ज्यान गुमाएका थिए । थानकोट चित्लाङमा भएको दुर्घटनामा ५ जनाको ज्यान गएको थियो । त्यसैगरी, शनिबार बाग्लुङको बुर्तिबाङबाट ढोरपाटन जाँदै गरेको जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको थियो । दुई दिनभित्र १९ जनाको ज्यान गएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भौतिक तथा प्राविधिक त्रृटि पत्ता लगाउन कार्यदल गठन गरेकोे मन्त्रालयका सहसचिव रघुराम बिष्टले बताए  ।

सडक दुर्घटनाका त्रृटि र कमजोरी पत्ता लगाउन मन्त्रालयका पूर्वसचिव धनबहादुर तामाङको अध्यक्षतामा कार्यदल गठन गरिएकाे हाे । संघिय सडक सुपरिबेक्षण कार्यालय सुर्खेतका सुई श्यामबहादुर खड्का, सवारी अनुगमण मापदण्ड तर्जुमा र सवारी चालक व्यवस्थापन अन्तरप्रदेश समन्वय, अनुसन्धान शाखाका निर्देशक, प्रहरी प्रधान कार्यलय ट्राफिक महाशाखाका प्रतिनिधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिडिई सुरेश श्रेष्ठ कार्यदल सदस्य छन् ।

कार्यदललाई विगत एक महिनामा भएका सवारी दुर्घटना, विगतमा भएका कार्यदलका प्रतिवेदन र स्थलगत अध्ययन गर्न, सडक दुर्घटनाका कारण र पक्षको बिश्लेषण गर्न, सडक दुर्घटना न्यूनिकरण गर्न संस्थागत र प्राविधिक पक्षको विश्लेषण गर्न गरी जिम्मेवारी दिइएको छ । सवारी दुर्घटना न्यूनिकरणका अल्पकालिन, मध्यकालिन र दिर्घकालिन उपायहरु सुझाउन पनि कार्यदललाई जिम्मेवारी दिइएको सहसचिव बिष्टले बताए ।

आजै बसेको सडक सुरक्षा परिषदको बैठकले पनि ४ वटा निर्णय गरेको छ । मन्त्रालयका सचिव केशव शर्माको अध्यक्षतामा बसेको बैठकले सवारी दुर्घटनाको अध्ययन समिति बनाउने, सडक सुरक्षा बिज्ञहरुको सुचि तत्काल तयार गर्ने, तालिम र जनचेतनामा तत्काल काम थाल्ने र सडक सुरक्षा सम्बन्धमा बनेको विधेयक उपर समितिमा पठाउने निर्णय गरेको हाे ।


Read Previous

निर्माण व्यवसायीको बाँकी रकम भुक्तानी दिन प्रधानमन्त्री दाहालको निर्देशन   

Read Next

काठमाडाैंमा मेलम्चीको पानी पुनः वितरण सुरु

Leave a Reply

Your email address will not be published.