Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

तनहुँको ६५ हजार हेक्टर खेती योग्य जमिनमा सिँचाइ पुर्‍याउने योजनामा काम हुँदै  


तनहुँ । तनहुँ जिल्लामा रहेका खेतीयोग्य जमिनमा बाह्रैमहिना सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ सिँचाइ क्षेत्रमा काम भइरहेको छ । कूल ६५ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ५१ हजार ६ सय १४ हेक्टर जमिनमा खेती बाली हुँदै आएकोमा सिँचाइ सुविधा बढाएर खेती योग्य भूमि बढाउन लागिएको हो ।

विभिन्न सिँचाइ आयोजना सम्पन्न गरी जिल्लामा हाल ५ हजार ७ सय ७२ हेक्टर क्षेत्रफल जमिनमा बाह्रैमहिना सिँचाइ सुविधा पुर्‍याइएको जिल्लास्थित सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ ।

खेतीयोग्य रहेका ६५ हजार बढी हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ का भइरहेको कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी जगन्नाथ चापागाईंले जानकारी दिए । उनका अनुसार गण्डकी प्रदेश र संघीय सरकारबाट विनियोजित बजेटबाट गत वर्ष एक सय ४३ मध्ये ८६ आयोजना निर्माण सम्पन्न भएका छन् ।

स्रोत सुनिश्चितता भई ठेक्का प्रक्रियाबाट काम भइरहेका योजनाका लागि कम बजेट विनियोजन हुँदा निर्माण प्रभावित हुने गरेको चापागाईंले बताए । “भौगोलिक विकटताका कारण अधिकांश स्थानमा पानीको स्रोत नहुँदा सिँचाइ योजना महँगो हुने गरेको छ”, उनले भने, “अधिकांश पाखोबारी बाँझो रहेकाले सिँचाइको पहुँच पुर्‍याइ स्थानीयवासीको जीवनस्तर माथि उकास्ने लक्ष्य रहेको छ ।”

चापागाईंका अनुसार ठेक्का लागे पनि बजेट विनियोजन नहुँदा जिल्लाका चार योजना अलपत्र बनेको छ । व्यास–५ को साँघे पतेनी, बन्दीपुर–३ कोलपाटा लिफ्ट सिँचाइ योजना, ऋषिङ–५ को अठारबिसे र व्यास–५ को याम्दी खोला चापटार लिफ्ट सिँचाइ योजना रहेका उनले बताए । “गत वर्ष बजेट विनियोजन भए पनि चालु आवमा बजेट विनियोजन नहुँदा निर्माण प्रभावित भएको छ,” उनले भने ।

कार्यालयका अनुसार मुख्य योजनाका रुपमा दुई परियोजना रहेका छन् । व्यास–१० को नारेश्वर ताल जलाशय योजनाका लागि १ करोड ९४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । साथै शुक्लागण्डकी–९ मा पहाड खोला बस्ती संरक्षण कार्यका लागि पनि १ करोड ८९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।


Read Previous

राहुघाट आयोजनाको ६५ प्रतिशत भौतिक प्रगति, सुरुङमा सबैभन्दा बढी काम

Read Next

१० हजार मेगावाट विद्युत निर्यात गर्न भारतसँग भएको सम्झौताको इपानद्वारा स्वागत

Leave a Reply

Your email address will not be published.