Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

खम्बा गाडेको चार वर्षपछि बल्यो बिजुली


म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ को उपल्लो दुखु गाउँमा खम्बा गाडेको चार वर्षपछि केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ । नेपाल विद्युत् प्राधिकरणले पर्वतको मिलनचोकदेखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने प्रसारण लाइन, ३३/११ केभी क्षमताको रातोढुङ्गा सबस्टेशन र दुखुलगायत आसपासका तीन वटा वडामा विद्युतीकरण गर्न विसं २०७४ मा काम सुरु गरेको थियो । वि.सं. २०७६ मा खम्बा गाडिएको थियो । सोही योजनाअनुसार उपल्लो दुखुका ४१ र खुवाङका आठ घरमा गत केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको उपल्लो दुखुका बासिन्दा ओमकार रोकाले जानकारी दिए ।

‘खम्बा गाडेको चार वर्षपछि गत शनिबारदेखि केन्द्रीय लाइनको बिजुली बाल्ने सपना पूरा भएको छ’, उनले भने, ‘खम्बा गाड्न र तार तान्न बाँकी रहेकाले दुखुका अझै ५० घरमा बिजुली बल्न बाँकी छ ।’ बिजुली बलेपछि घरायसी काम गर्न, बालबालिकालाई पढ्न, उद्यम व्यवसाय सञ्चालन गर्न, इन्टरनेट, कम्प्युटर, ल्यापटप चलाउन, टिभी हेर्न, मोबाइल चार्ज गर्न, रेडियो सुन्न सहज भएको स्थानीयवासी ईश्वरी पुनले बताए । दुखुका बासिन्दा रातको समयमा उज्यालोका लागि १४ दशमलव ५ किलोवाट क्षमताको दुखुखोला लघु जलविद्युत् परियोजनाको विद्युत् प्रयोग गर्दथे ।

नियमित र दिउँसो विद्युत् आपूर्ति नहुँदाको समयका लागि विकल्पमा सौर्य ऊर्जा प्रयोग गर्दै आएका थिए । नियमित बिजुली आपूर्ति हुन थालेपछि जनजीवन सहज भएको पुनले बताए । नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रले एशियाली विकास बैंकको परियोजनामार्फत संरचना तयार भएपछि विद्युत् वितरण गरिएको जनाएको छ । केन्द्रका इञ्जिनियर शिवप्रसाद शर्माले उपल्लो दुखुमा एक सय केभी र खुवाङमा २५ केभीको ट्रान्सफर्मर जडान गरेर विद्युत् आपूर्ति तथा वितरण हुने व्यवस्था मिलाएको बताए । खम्बा गाड्ने, तार तान्ने, वायरिङ र ट्रान्सफर्मर जडान गर्ने काम सकिएपछि दुखुका बाँकी घरधुरीमा बिजुली बाल्ने योजना रहेको उनको भनाई छ ।

म्याग्दी वितरण केन्द्रअन्तर्गत २२ हजार विद्युत्का ग्राहक छन् । गत आर्थिक वर्ष २०७९/८० मा एक हजार दुई सय ३८ उपभोक्ता थपिएका थिए । म्याग्दीमा केन्द्रीय लाइनको विद्युत् नपुगेका दुई हजार दुई सय घरधुरीमा विद्युतीकरण गर्ने उद्देश्यले हालै २० करोड रुपैयाँभन्दा बढी बजेटको ठेक्का सम्झौता भएको छ । भौगोलिकरुपमा विकट क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिकाको गुर्जाबाहेक सबै बस्तीमा केन्द्रीय लाइनको विद्युत् विस्तार गर्ने तयारी भएको गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले जानकारी दिए ।


Read Previous

एनआरएनए निर्वाचनः केसी प्यानलबाट सह-कोषाध्यक्षमा अभिमन्यु बस्नेतको उमेद्वारी

Read Next

४०० केभी इनरुवा सबस्टेसन सञ्चालन,४ हजार मेगावाट विद्युत प्रवाह गर्न सकिने

Leave a Reply

Your email address will not be published.