Nepal Purbadhar

भारतीय विदेश सचिव मिस्री नोभेम्बर ४ मा नेपाल आउँदै, द्विपक्षीय सम्बन्धबारे छलफल हुने


काठमाडौं। भारतका विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि आगामी नोभेम्बर ४ मा नेपाल आउने भएका छन्। परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार उनी नोभेम्बर ४ र ५ मा नेपालमा रहनेछन्।

नेपालका परराष्ट्र सचिव अमृतबहादुर रायको मैत्रीपूर्ण निमन्त्रणामा मिस्री नेपाल आउन लागेका हुन्।

भ्रमणका क्रममा नेपाल र भारतका विदेश सचिवबीच द्विपक्षीय वार्ता हुनेछ। वार्तामा दुई देशबीचको समग्र सम्बन्धको समीक्षा गर्नुका साथै आपसी हितका विषयमा विचार आदानप्रदान हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

दुई देशबीच लामो समयदेखि कायम घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल हुनेछ।

नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव मिस्रीले नेपालका उच्चस्तरीय पदाधिकारीसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ।

मिस्री नोभेम्बर ५ मा काठमाडौं हुँदै नयाँदिल्ली फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।


Read Previous

मन्त्रालयको प्रथम त्रैमासिक समीक्षा: अन्तरमन्त्रालय समन्वय प्रभावकारी बनाउन जोड

Read Next

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कारबाही तीव्र, ७ महिनामा १ अर्ब ३३ करोडको अवैध सामान बरामद

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar