Nepal Purbadhar

सरकारी कामलाई समयसीमाभित्रै सम्पन्न गर्न सबै मन्त्रालयलाई मुख्यसचिवको निर्देशन


काठमाडौं। सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना तथा नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै मन्त्रालय र सरकारी निकायलाई निर्देशन दिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मुख्यसचिवको अध्यक्षतामा बसेको सचिव बैठकले सरकारी कार्ययोजनाको विस्तृत कार्यान्वयन योजना तयार गरी समयसीमाभित्रै काम सम्पन्न गर्ने निर्णय गरेको हो।

बैठकले महालेखा परीक्षकको प्रतिवेदनमा औँल्याइएका बेरुजु फर्छ्योट तथा न्यूनीकरणका लागि कार्ययोजना बनाउन निर्देशन दिएको छ। त्यस्तै, उपभोक्ता ठगी, मिसावट र कृत्रिम अभाव नियन्त्रण गर्न बजार अनुगमनलाई सघन बनाउने निर्णय गरेको छ।

बैठकले तिहार तथा छठमा शान्ति सुरक्षा चुस्त राख्ने, सार्वजनिक खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने र सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी, नागरिकलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउन नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयमा एकल बिन्दु सेवा प्रणाली लागू गरी नागरिकमैत्री सेवा प्रवाह गर्न निर्देशन दिएको छ।


Read Previous

एक महिनामै भित्रिए १ लाख ३२ हजार पर्यटक, नेपालमा अमेरिकी पर्यटकको ओइरो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar