Nepal Purbadhar

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
साढे २८ हजार मेगावाट जडित क्षमता पुर्याउन ६१ खर्ब लगानी चाहिने,स्वदेशी पुँजीबाट २० खर्ब जुट्दा, बाँकी कसरी जुटाउने ? बागलुङ-म्याग्दी सडकमा कालोपत्र गर्न सुरु २५ हजारले अवलोकन गरे हिमालयन हाइड्रो एक्स्पो,प्रतिश्पर्धामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार वितरण ऊर्जा सुरक्षाको लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प, ‘नेपालमा उत्पादन हुने हाइड्रोजन संसारकै सस्तो’ ऊर्जा विकासमा भूराजनीतिक प्रभाव व्यवस्थापन र प्रसारण सञ्जाल विस्तारमा जोड हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर सालझण्डी-ढोरपाटन सडक निर्माणले गति लिन सकेन झापाकाे मेचीनगरमा ३ खानेपानी आयोजना सम्पन्न

१४.२ केजी बढी क्षमताका ग्यास सिलिन्डर बिक्री गर्ने उद्योगलाई कारबारी गर्ने निगमको चेतावनी


काठमाडौं । नेपाल आयल निगमले केही उद्योगले क्षमताभन्दा बढी ग्यास भरेर बिक्री वितरण गरिरहेकाे भन्ने खबर प्रति ध्यानाकर्षण भएको जनाएको छ । निगमले बिहीबार सूचना सार्वजनिक गरी केही उद्योगले १४.२ किलो क्षमताभन्दा बढी (५० र ४५० किलो) का सिलिन्डरमा ग्यास भरी बिक्री वितरण गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।

निगममा आबद्ध केही ग्यास उद्योगहरूले बढी क्षमताका सिलिन्डर भरी बिक्री वितरण गर्न अनुमति माग गरेकोमा एलपि ग्यास विनियमावली, २०६५ (संशोधन सहित) अनुसार अनुमति दिन नसक्ने जानकारी गराइसकेको पनि सूचनामा भनिएको छ ।

निगमले तोकेको १४.२ किलो भन्दा बढी क्षमताका सिलिन्डरमा ग्यास भरेर बिक्री वितरण गर्नु विनियमावलीमा भएको व्यवस्था विपरित हुने भन्दै यस्तो कार्य भइरहेको भए तत्कालन बन्द गर्न आग्रह समेत गरेको छ ।

सचेत गराउँदा गराउँदै बढी क्षमताका ग्यास सिलिन्डर बजारमा बिक्री वितरण गरिएको पाइएमा विनियमावलीमा भएको व्यवस्था बमोजिम कारबाही गर्ने चेतावनी पनि निगमले दिएको छ । साथै, १४.२ किलो क्षमताभन्दा बढी ग्यास सिलिन्डरको प्रयोग गर्नु कानून विपरित भएको हुँदा उपयोग नगर्न ग्राहक वर्गमा समेत निगमले आग्रह गरेको छ ।


Read Previous

निक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री

Read Next

कहाँ पुग्यो बहुप्रतिक्षित सिद्धबाबा सुरुङ निर्माणकाे काम ?

Leave a Reply

Your email address will not be published.