Nepal Purbadhar

बिहिबार, माघ ३, २०८१
Thursday, January 16, 2025

बिहिबार, माघ ३, २०८१
Thursday, January 16, 2025

भोलिदेखि तीन दिन काठमाडौं र ललितपुरका केही क्षेत्रमा विद्युत् अवरूद्ध


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युचाटार–टेकु लाइन तीन दिन सट डाउन गर्ने भएको छ । टेकु सबस्टेशन स्तरोन्नति गरे टेकू स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको र त्यसका लागि ६६ केभी स्युचाटार–टेकु लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म सटडाउन गर्नुपर्ने प्राधिकरणले बताएको हो ।

६६ केभी स्युचाटार(पाटन प्रसारण लाइन शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म र ६६ केभी स्युचाटार–के३ लाइन शनिबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म सटडाउन गरिने पनि प्राधिकरणले जनाएको छ। तीन वटा प्रसारण लाइन सटडाउन गर्दा काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रहरूमा विद्युत् प्रभावित हुने भएको छ । ६६ केभी स्युचाटार-टेकु प्रसारण लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म तीन दिन अवरूद्ध हुने भएको छ।


Read Previous

२५ मेगावाटको सेती जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु हुँदै

Read Next

तनहुँ जलविद्युत् आयोजनाको समग्र प्रगति ४३ प्रतिशत

Leave a Reply

Your email address will not be published. Required fields are marked *