Nepal Purbadhar

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
साढे २८ हजार मेगावाट जडित क्षमता पुर्याउन ६१ खर्ब लगानी चाहिने,स्वदेशी पुँजीबाट २० खर्ब जुट्दा, बाँकी कसरी जुटाउने ? बागलुङ-म्याग्दी सडकमा कालोपत्र गर्न सुरु २५ हजारले अवलोकन गरे हिमालयन हाइड्रो एक्स्पो,प्रतिश्पर्धामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार वितरण ऊर्जा सुरक्षाको लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प, ‘नेपालमा उत्पादन हुने हाइड्रोजन संसारकै सस्तो’ ऊर्जा विकासमा भूराजनीतिक प्रभाव व्यवस्थापन र प्रसारण सञ्जाल विस्तारमा जोड हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर सालझण्डी-ढोरपाटन सडक निर्माणले गति लिन सकेन झापाकाे मेचीनगरमा ३ खानेपानी आयोजना सम्पन्न

क्यानडासँग ८ हजार गिगावाट पम्प स्टोरेज जलविद्युत उत्पादनको सम्भाव्यता


काठमाडौं । जलस्रोतमा धनी उत्तर अमेरिकी देश क्यानडाले पम्प स्टोरेजबाट ८ हजार गिगावाट (८० लाख मेगावाट) जलविद्युत उत्पादन गर्ने सम्भाव्यता देखिएको छ । क्यानडा भरमा पहिचान भएका १२ सय बढी पम्प स्टोर आयोजनाबाट यति विद्युत उत्पादन गर्न सकिने सम्भाव्यता देखिएको हो ।

हालै सार्वजनिक गरिएको अध्ययनले जलविद्युतको प्राविधिक तथा आर्थिक सम्भावित मुल्यांकनबाट पम्प स्टोरेज जलविद्युत आयोजना निर्माण गरी ठूलो परिमाणमा विद्युत उत्पादन गर्न सकिने देखिएको वाटर पावर क्यानडालाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

सबैभन्दा बढी पम्प स्टोरज जलविद्युत आयोजना निर्माणको सम्भाव्यता ब्रिटिस कोलम्बिया राज्यमा देखिएको छ । दोस्रो स्थानमा क्युबेक, तेस्रो स्थानमा न्यूफाउन्डल्याण्ड र तेस्रो स्थानमा लाब्राडोर छ ।

वाटर पावर क्यानडा त्यहाँको जलविद्युत उद्योगको व्यापार संघ हो । यो संघ अन्तर्गत करिब ८५ हजार मेगावाट नवीकरणीय ऊर्जा उत्पादन उत्पादन गर्दै आएको छ ।

वाटर पावरले सन् २०३५ सम्ममा नेट जिरो कार्बन उत्सर्जन गर्ने नवीकरणीय ऊर्जाको वितरण गर्ने तथा सन् २०५० सम्ममा नेट जिरो अर्थतन्त्रमा पुग्ने क्यानडा सरकारको लक्ष्य प्राप्तिका लागि पम्प स्टोरेज जलविद्युत आयोजनाबाट आवश्यक स्वच्छ ऊर्जा उत्पादन गर्न सकिने सम्भाव्यता अध्ययन सुरु गरेको हो ।

उच्च क्षमताका पम्प स्टोरेज जलविद्युतलाई विश्व व्यापीरूपमा विद्युतको माग व्यवस्थापनका लागि ऊर्जा भण्डारको प्रतिनिधित्व गर्ने आयोजनाको रूपमा लिने गरिएको छ ।

सन् २०२० सम्मको तथ्यांकअनुसार विश्व व्यापीरूपमा अहिलेसम्म करिब १६५ गिगावाट (१ लाख ६५ हजार मेगावाट) का पम्प स्टोरेज जलविद्युत आयोजना निर्माण भई सञ्चालनमा छन् ।

पम्प स्टोरेज आयोजनालाई स्वच्छ नवीकरणीय ऊर्जा उत्पादनका लागि उपयुक्त प्रविधि मानिन्छ । उच्च हेड भएका पम्प स्टोरेज जलविद्युत आयोजनाहरू विद्युत उत्पादनको हिसाबले आकर्षक मानिन्छन् ।

यो प्रविधिमा पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न पानीको उपलब्धता अनिवार्य हुने गर्दछ । पम्प स्टोरेज आयोजना निर्माणको प्रविधि तथा वातावरणीय पक्षहरू पनि कम विनासकारी छन् ।

सन् २०३० र २०५० सम्मको लक्ष्य हासिल गर्नका लागि पम्प स्टोरेज जलविद्युत आयोजनामा लगानी बढाउन आवश्यक रहेको अध्ययनले औंल्याएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूकाे सहयाेगमा अनुवाद


Read Previous

जाजरकोटका सबै क्षेत्रमा खानेपानीको सुविधा सुनिश्चित गरिने

Read Next

‘आर्थिक कुटनीतिमा निजी क्षेत्रसंग सहकार्य अपरिहार्य’

Leave a Reply

Your email address will not be published.