Nepal Purbadhar

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

जाजरकोटका सबै क्षेत्रमा खानेपानीको सुविधा सुनिश्चित गरिने


जाजरकोट । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटका सबै क्षेत्रमा खानेपानीको सुविधा बिस्तार गरिने बताएका छन् । आज सदरमुकाम खलङ्गामा भएको पत्रकार भेटघाटका क्रममा उनले हालसम्म ८५ प्रतिशत जनसङ्ख्यामा खानेपानीको सुविधा पुगेको भन्दै बाँकी १५ प्रतिशतमा कार्ययोजना बनाएर पहुँच स्थापित गर्ने बताएका हुन् ।

एक वर्षभित्र जिल्लाका सबै ठाउँमा सञ्चार सेवा बिस्तार गरिने बताउँदै हालसम्म २८ वटामध्ये २१ टावर सञ्चालनमा रहेको र सात वटा टावर मर्मत भइरहेको पनि उनले भनेका छन् । केही टावर थप गरी सञ्चार सेवा सबै क्षेत्रमा सुनिश्चित गरिने प्रतिबद्धता उनको छ । जिल्लाका कच्ची सडक स्तरोन्नति भइरहेको उहाँको भनाइ छ । साथै जिल्लाका अस्पतालमा डाक्टरको सङ्ख्या कम भएको भन्दै उक्त समस्या हल गर्न आफू लागिपरेको उनको भनाइ छ ।


Read Previous

नारायणगढ–मुग्लिन सडकका दुई पुल दसैँअघि सञ्चालनको तयारी

Read Next

क्यानडासँग ८ हजार गिगावाट पम्प स्टोरेज जलविद्युत उत्पादनको सम्भाव्यता

Leave a Reply

Your email address will not be published.