Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

भदौ २६ देखि ३१ गतेसम्म ‘नाडा अटो सो २०२३’ आयोजना हुँदै


काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आगामी भदौ २६ देखि ३१ गतेसम्म १५औं संकरणको ‘नाडा अटो सो २०२३’ आयोजना गर्ने भएको छ । नाडाले भृकुटीमण्डपको प्रदर्शनी स्थलमा ६ दिने ‘नाडा अटो सो २०२३’ आयोजना गर्न लागेको हो ।

नाडाले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी ‘नाडा अटो सो २०२३’ आयोजना हुनेबारे जानकारी दिएको छ । अटो प्रदर्शनीमा सवारी साधन, पार्ट पुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघसंस्थाको प्रदर्शनी हुने भएको छ । प्रदर्शनीमा विभिन्न अटोमोबाइल कम्पनीहरुको उत्साहजनक सहभागिताले केही हदसम्म अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा बढेको आयोजकले जनाएको छ ।

दुई वर्षसम्म कोभिड–१९ महामारी तथा आयात प्रतिबन्धका कारण आयोजना हुन नसकेको नाडा अटो सो यो वर्ष गर्न लागिएको अध्यक्ष ध्रुव थापाले बताए । उनले अहिले मुलुकको आर्थिक अवस्थाले नाडा अटो सो गर्ने अनकुल समय नभएको र आर्थिक अवस्था नाजुक भएकाले सवारी साधन बेच्नसक्ने अवस्था नभए पनि व्यवसायिक गतिविधि बढाउनको लागि अटो सो गर्न लागिएको बताए ।

उनले सरकारले सवारीको आयातमा लामो समयदेखि नाडा अटो सो मात्रै नभएर अन्य सोहरुलाई पनि असर परिरहेको बताएका छन् । ‘देशको वर्तमान आर्थिक परिस्थिति र राष्ट्र बैंकले लगाएका विभिन्न प्रतिवन्धका कारण अटो मोबाइल्स व्यवसायी अहिलेको अवस्थामा पुगेको हो,’ उनले भने ।

डेढ वर्ष यता भन्सारमा हजारौं गाडी थन्किएर बसेका छन् । नेपालीहरुको महानपर्व दशैँ तिहार अगाडि करिब ४० प्रतिशत र ६० प्रतिशत सवारी बिक्री १० महिनामा हुने तथ्याङ्कलाई मध्यनजर गरेर यो वर्ष नाडाले अटो सो गर्न गइरहेको उनको भनाई छ ।

प्रदर्शनीमा ठूला तथा साना गरि करिब १२० वटा स्टल र ब्लकहरु रहने आयोजकले जनाएको छ । यो प्रर्दशनीमा प्रख्यात अन्तराििष्ट्रय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता रहनेछ । प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल, ९ वटा वित्तिय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पार्ट–पुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहने पनि आयोजकले जानकारी दिएको छ ।

प्रदर्शनीलाई बढी जानकारीमुलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटो सम्वन्धि सेवा सुविधा दिने जस्तै वित्तिय सेवा, बिक्रीपछिका सेवाका छुट्टा छुट्टै स्टलहरु रहने छन् । आम सर्वसाधारणलाई ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी व्यापक सुसूचित गराउने उदेश्यका साथ महानगरीय ट्राफिक प्रहरी महाशाखा, काडमाडौंको सुचना–कक्ष समेत प्रदर्शनीमा रहने छ ।

प्रदर्शनीमा अवलोकनकर्ताहरुको सुविधालाई विषेश ध्यानमा राखी २–पाङग्रे, ४–पाङग्रे, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरर्णहरुको छुट्टा–छुट्टै प्रदर्शनको व्यवस्था गरिनेछ ।प्रदर्शनी स्थलमा सजिलै आवागमन गर्नका लागि काठमाडौंं मल, सैनिक कल्याणकारी भवन, बस पार्क भिउ टावर लगायतका सार्वजनिक पार्किङ्ग स्थलहरूबाट महानगर यातायातको सहयोगमा शटल बस सञ्चालन गरिने छ ।

एक्स्पोलाई व्यवस्थित बनाउन, प्रदर्शनी स्थलमा भीडभाड कम गर्न एवं आगन्तुकको भ्रमणलाई सहज बनाउन सोमबारदेखि नै खल्ती एपमार्फत अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । भदौ २५ सम्मको अग्रिम अनलाइन टिकट खरिदमा खल्तीले २० प्रतिशत क्यास ब्याक अफर दिइएको छ । ६ दिन सम्म चल्ने उक्त नाडा अटो शो २०२३ मा करिब ७५ हजारले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।


Read Previous

आयोजनाको पूर्ण तयारी गरेर मात्रै कार्यान्वयनमा ल्याइने

Read Next

ग्रिड कम्पनीसँग पाँच जलविद्युत आयोजनाको ग्रिड कनेक्सन समझदारी

Leave a Reply

Your email address will not be published.