Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

ग्रिड कम्पनीसँग पाँच जलविद्युत आयोजनाको ग्रिड कनेक्सन समझदारी


काठमाडौं । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमीटेडसँग पाँच जलविद्युत आयोजनाले ग्रिड कनेक्सन समझदारी गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेत र मन्त्रालयका सचिव एवं ग्रिड कम्पनी सञ्चालक समितिका अध्यक्ष दिनेश घिमिरेको उपस्थितीमा सोमबार ग्रिड कम्पनी र १२१ मेगावाट बराबरका पाँच प्रवद्र्धक कम्पनीबीच समझदारी भएको हो ।

समझदारी जलविद्युत आयोजना प्रर्वद्धक कम्पनीका प्रतिनीधि र ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. नेत्र ज्ञवालीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । ग्रीड कनेक्सनको समझदारीपत्रमा कम्पनीको तर्फबाट ज्ञवाली तथा सनस्टार इनर्जी प्रालिका कार्यकारी निर्देशक सुमन थापा, वाटर इनर्जी डेभलपमेन्ट प्रालिका अध्यक्ष कृष्णप्रसाद आचार्य, यारो हाइड्रोपावर प्रालिका अध्यक्ष प्रताप गुरुङ, बुढीगण्डकी हाइड्रोपावर कम्पनीका अध्यक्ष कृष्णप्रसाद घिमिरे र अपर स्याङ्गे हाइड्रोपावर लिमीटेडका अध्यक्ष बीरबहादुर घलेले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

सनस्टार इनर्जीले ४६ मेगावाटको सुपर सेती, वाटर इनर्जीले १६ मेगावाटको माछाखोला, यारो हाइड्रोपावरले ३०.५ मेगावाटको यारो खोला, बुढीगण्डकीले ४.६ मेगावाटको सुपर माछाखोला र अपर स्याङ्गेले २४.५ मेगावाटको दोभान खोला जलविद्युत आयोजनाको निर्माण अघि बढाएको छ ।

ग्रीड कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले वातावरणलाई न्यून प्रभाव पार्ने गरी र लागतमा समेत साझेदारी हुने गरी साझा कोरिडोरको अवधारणा अघि बढाएको बताए । उनले कम्पनीले ह्विलिङ चार्ज लिएर जलविद्युत प्रर्वद्धकहरुलाई प्रसारण लाइन उपलब्ध गराउने बताए ।

साइपालदेखि जयपृथ्वी नपासममको ६० किलोमिरटको पश्चिम सेती ४०० केभी प्रसारण लाइन आयोजनाको क्षमता १७ सय मेगावाट रहेकोमा त्यसपछि ४६ मेगावाटको सुपर सेती आयोजनासँग ग्रिड कनेक्सन समझदारी गरिएको आयोजना प्रमुख राजकिरण वासुकलाले जानकारी दिए । उनका अनुसार, एक बर्षभित्र निर्माण प्रसारण लाइन र डेढ बर्षभित्र सवस्टेशन निर्माण सम्पन्न गरिनेछ ।

यसैगरी गोरखाको मार्किचोकदेखि केराबारीसम्मको ३२ किलोमिटर प्रसारण लाइन अन्तर्गत ७५ मेगावाट बराबरको आयोजनाहरुको लागि ग्रीड कनेक्सन समझदारी गरिएको आयोजना प्रमुख देवेश सैजुले जानकारी दिए ।

कार्यक्रममा ऊर्जा मन्त्री बस्नेतले उत्पादनसँगै प्रसारण लाइन निर्माणको ठूलो चुनौती रहेकोले यसले वितरण र व्यापारमा सहयोग पुग्ने बताए । ऊर्जा सचिव घिमिरेले अब प्रसारण लाइनको सञ्चालन व्यापारिक ढाँचामा हुने बताए । नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले ग्रिड कनेक्सनसँगै विद्युत खरिद सम्झौता (पीपीए) प्रक्रिया अघि बढ्ने बताए ।


Read Previous

भदौ २६ देखि ३१ गतेसम्म ‘नाडा अटो सो २०२३’ आयोजना हुँदै

Read Next

‘डायलायसिस’ केन्द्र सञ्चालनमा जनशक्ति अभाव

Leave a Reply

Your email address will not be published.