Nepal Purbadhar

इप्पान कार्य समितिलाई स्वागत गर्दै विद्युत विकास विभागका महानिर्देशकले भने,‘हाम्रो जिम्मेवारीनै निजी क्षेत्रलाई प्रर्वद्धन गर्ने हो’


काठमाडौं । विद्युत विकास विभागका महानिर्देशक चिरञ्जीवी चटौतले विभाग निजी क्षेत्रको जलविद्युत प्रर्वद्धनका लागि स्थापना भएकोले विभागले सबै किसिमको सहजकिरण गर्ने बताए ।

बुधबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को नयाँ कार्य समितिलाई स्वागत गर्न विभागमा आयोजित कार्यक्रममा उनले विभागले ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि जलविद्युत लगानीकर्ताहरुको लागि सहजीकरण र समन्वय गर्ने बताए । उनले जलविद्युतको डिजाइन क्यू २५ मा कायम गर्ने लगायतका धेरै जलविद्युत प्रवद्र्धकहरुका समस्या समाधानका लागि विभागले काम अघि बढाएको बताए । ‘निजी क्षेत्र जलविद्युत विकासका लागि प्रवेश गर्ने पहिलो ढोका विभाग हो, यसले निजी क्षेत्रलाई प्रर्वद्धन र सहजीकरण गर्ने हो ।’ उनले भने, ‘यस क्षेत्रमा देखिएका समस्याहरु समाधानका लागि निजी क्षेत्रसँग छलफल गरेर अघि बढ्न तयार छौ ।’

विभागका महानिर्देशक चटौतलाई ज्ञापनपत्र बुझाउँदै इप्पानका अध्यक्ष गणेश कार्कीले बाढी पहिरोबाट क्षतिग्रस्त आयोजनालाई राहत प्रदान तथा विद्युतको अनुमतिपत्र लम्ब्याउनका लागि अघि बढ्नुपर्ने बताए । उनले प्रसारण लाइनको अभाव लगायतका कारणले निजी क्षेत्रले भोगिरहेको समस्या समाधान गर्न पनि आग्रह गरे ।


Read Previous

ऊन उत्पादन, गुणस्तर परीक्षण र निर्यात प्रवर्द्धनमा सहकार्यका लागि नेपाल र मंगोलियाबीच सहमतिपत्रमा हस्ताक्षर 

Read Next

साधारणसभामार्फत सिङ्गटी हाइड्रो इनर्जी कम्पनीकाे ६ जना सञ्चालक चयन