Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

ऊन उत्पादन, गुणस्तर परीक्षण र निर्यात प्रवर्द्धनमा सहकार्यका लागि नेपाल र मंगोलियाबीच सहमतिपत्रमा हस्ताक्षर 


काठमाडौ ।   नेपालमा पश्मिना धागो र ऊनको गुणस्तर परीक्षण र विश्लेषण एवं यस क्षेत्रमा ज्ञान एवं अनुसन्धान कार्यको आदानप्रदान नेपाली व्यवसायी र मंगोलियाली अधिकारीहरू सहमत भएका छन् ।

नेपाल पश्मिना उद्योग संघ तथा मंगोलियाली सरकारको रिसर्च एण्ड डेभलप्मेन्ट इन्स्टिच्युट अफ लाइट इन्डस्ट्रीबीच यस विषयमा बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारीपत्रमा संघको तर्फबाट अध्यक्ष विजय दुगर र इन्डस्ट्रीको तर्फबाट निर्देशक टुरमुग तोडमिडले हस्ताक्षर गरेका छन् ।

समझदारी अन्तरगत नेपाली पश्मिना व्यवसायीले ऊन तथा पश्मिना धागो, अर्ध प्रशोधित भूवा तथा ऊनबाट बनेका उत्पादनहरूको नमूनाहरूलाई इन्डस्ट्रीमा गुणस्तर परीक्षण तथा विश्लेशण गर्ने एवं यस व्यवसायमा आफ्ना ज्ञान, अनुभव एवं अनुसन्धान कार्यबारे दुवै पक्षले आपसमा जानकारी आदान प्रदान गर्नेछन् । हस्ताक्षर भएको दिन देखि लागू भएको यो सहमतीको अवधि ५ वर्षको हुने र दुवै पक्षको आपसी समझदारीमा यसको अवधि बढाउन सकिनेछ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी तथा मंगोलियाका खाद्य कृषि तथा हल्का उद्योगका राज्य सचिव जमरवाल्ट तुमुर ऊयाको उपस्थितिमा उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

अन्तर्राष्ट्रिय व्यापार केन्द्रको आयोजनामा मंगोलियाको उलानबाटोरमा जारी वर्ड एक्सपोर्ट डेभलप्मेन्ट फोरम  २०२३ मा नेपाली सरकारी उच्च अधिकारी तथा निजीक्षेत्रको प्रतिनिधि सम्मिलित प्रतिनिधमण्डल सहभागीताको अवसरमा उक्त समझदारी भएको हो । चार दिने उक्त सम्मेलनमा क्षेत्रीय व्यापार सम्पर्क, भूपरिवेष्ठित राष्ट्रहरूका व्यवसायिक आवाज, व्यवसायीहरूबीचको बैठक,  उद्यममा यूवा तथा महिला सहभागिता तथा स्थानीय नवप्रवर्तन सहित डिजिटल रूपान्तरण लगायतका विषयमा व्यवसायी, नीति निर्माता, विकास साझेदार निकायका प्रतिनिधिहरू , विज्ञहरूबीच विभिन्न छलफल सत्रहरू संचालन भएका थिए ।

युरोपियन युनियनको सहयोगमा संचालित इयु नेपाल व्यापार तथा लगानी कार्यक्रमले नेपाली पश्मिना व्यवसायीहरूलाई उक्त सम्मेलनमा सहभागिताका लागि सहयोग गरेको हो । सोमबार सुरू भएको उक्त सम्मेलनमा निर्यात प्रवर्धनसँग सम्बन्धित विभिन्न छलफल सत्रहरू तथा व्यवसायिक सम्पर्कका कार्यक्रमहरू संचालन भएका थिए ।

उक्त अवसरमा सचिव मरासिनीले ऊन तथा भूवा उत्पादनमा मंगोलियाको अनुभवबाट नेपाली पश्मिना व्यवसायीहरूले फाइदा लिन र यस क्षेत्रमा विभिन्न अनुसन्धान एवं क्षमता विकासको लागि यस समझदारी महत्वपूर्ण रहेको बताए । इन्डस्ट्रीको तर्फबाट निर्देशक टुरमुग तोडमिडले मंगोलियासँग सहकार्यको समझदारीले नेपालमा नेपाली कास्मिरी उत्पादनको गुणस्तरीयता परिक्षण र विश्लेषण सहज हुनुका साथै दुवै मुलकबीच व्यवसायिक सम्बन्ध विस्तार तथा यस क्षेत्रमा नयाँ अनुसन्धानको लागि ढोका खोलिएको बताए । पश्मिना उद्योग संघका अध्यक्ष दुगरले कास्मिरी तथा ऊन जन्य वस्तु उत्पादन तथा निर्यातमा विश्वमा अग्रणी मंगोलियाको लामो अनुभव तथा विज्ञतालाई उपयोग गर्ने अवसर यस समझदारीले दिएको बताए ।

वाणिज्य सचिव र मंगोलियाली राज्य सचिव भूपरिवेष्ठित राष्ट्रका साझा समस्याबारे कुराकानी

यसैबीच नेपाल सरकारका सचिव मरासिनी र मंगोलियाका राज्य सचिवजमरवाल्ट तुमुर ऊयाबीच अन्तर्राष्ट्रिय मंचहरूमा भूपरिवेष्ठित राष्टको हितको लागि उठाइनु पर्ने आवाज बारे कुराकानी भयो । पश्चिमना तथा ऊनको क्षेत्रमा दुबै देशका निजीक्षेत्रबीच आपसी सहयोगलाई अझ सशक्त बनाउने तथा भूपरिवेष्ठित विकासशील राष्ट्रहरूले भोगिरहेका साझा समस्याहरू तथा चुनौतिबारे अन्तर्राष्ट्रिय मन्चमा उठ्ने आवाजमा दुबै मुलुकले एक्यवद्धता जनाउनेबारे उक्त अवसरमा छलफल भएको थियो । साथै,दुवै सचिवबीच सन् २०२४ मा रुवाण्डाको किगालीमा आयोजना हुने भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनलाई उत्पादनमुलक र फलदायी बनाउने विषयमा पनि विचार आदान प्रदान भएको थियो । वर्ड एक्सपोर्ट डेभलप्मेन्ट फोरमको अवसरमा भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको राष्ट्रिय फोकल पोइन्टहरूको बैठक पनि उलानबाटार हुँदैछ ।


Read Previous

राम्दीमा गण्डकी र लुम्बिनी प्रदेश जोड्ने नमूना पुल बन्ने

Read Next

इप्पान कार्य समितिलाई स्वागत गर्दै विद्युत विकास विभागका महानिर्देशकले भने,‘हाम्रो जिम्मेवारीनै निजी क्षेत्रलाई प्रर्वद्धन गर्ने हो’

Leave a Reply

Your email address will not be published.