Nepal Purbadhar

त्रिवेणी व्यापार कम्पनीद्धारा विकट क्षेत्रका स्वाथ्य चौकीमा औषधि भण्डारणमा सहयोग गर्ने रेफ्रिजिरेटर वितरण


काठमाडाैं । त्रिवेणी व्यापार कम्पनीले व्यवसायको समाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत ग्रामिण तथा विकट क्षेत्रमा रहेका स्वाथ्य चौकीमा औषधि भण्डारणमा सहयोग गर्ने उदेश्यले रेफ्रिजिरेटर वितरण गरको छ ।

कम्पनीले दोलखा जिल्ला, विगु गाँउपालिका स्थित लामाबगर, ओराङ्ग, बुलुङ्ग र लादुक स्वास्थ्य चौकीमा एक–एक थान रेफ्रिजिरेटर वितरण गरेको हो ।

कम्पनीका आधिकारिक प्रतिनिधि बरिष्ठ प्रवन्धक शिवशंकर नान्जुले विगु गाँउपालिकाका उपाध्यक्ष देवीका थामी, सम्वन्धित वडाका वडाध्यक्षहरु तथा स्थानिय समाजसेवी नवराज के.सीको उपस्थितिमा बुलुङ्ग स्वास्थ्य चौकीको प्राङ्गगणमा एक कार्यक्रम विच उक्त सामग्रीहरु वितरण गरेका हुन ।

कम्पनीले भविष्यमा समेत यस्ता कार्यक्रमहरु गरी विकट तथा दुर्गम क्षेत्रका बासिन्दाहरुलाई सहयोग जारी राख्ने ब्यहोरा कम्पनीका प्रवन्ध निर्देशक शैलेश संघईले बताए ।


Read Previous

२२ अर्ब बक्यौता भुक्तानीको जिम्मा स्मार्ट टेलिकमको : दूरसञ्चार प्राधिकरण

Read Next

मनोहरा जग्गा एकीकरण आयोजना क्षेत्रभित्रका अतिक्रमित घरटहरा भत्काउन शुरू