Nepal Purbadhar

विद्युत प्राधिकरण कर्मचारी संघलाई आधिकारिक ट्रेड युनियनकाे मान्यता


काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा सक्रिय ४ कर्मचारी ट्रेड युनियन मध्ये कर्मचारी संघले आधिकारिक ट्रेड युनियनको मान्यता पाएको छ । ट्रेड युनियनको बिहीबार सम्पन्न निर्वाचनमा जनार्दन भट्टराई नेतृत्वकाे नेपाली काँग्रेस निकट कर्मचारी संघ विजयी हुँदै आधिकारिक मान्यता पाएको हो ।

निर्वाचनमा कर्मचारी संघले कूल खसेको मत मध्ये ३ हजार २ सय ९२ मत प्राप्त गर्यो । यो दोस्रो स्थानको राष्ट्रिय कर्मचारी युनियनले प्राप्त गरेकोभन्दा ६ सय ९३ मत बढी हो । राष्ट्रिय कर्मचारी युनियनले २ हजार ५ सय ९९ मत प्राप्त गर्यो ।

तेस्रो स्थानमा कर्मचारी युनियनले १ हजार ७ सय ४४ मत प्राप्त गर्दा कर्मचारी कल्याण परिषदले २ सय २८ मत मात्रै प्राप्त गर्यो ।कर्मचारी संघ आधिकारिक ट्रेड युनियन बनेसँगै अब उसले विद्युत प्राधिकरण सञ्चालक समितिमा आमन्त्रित सदस्यकोरूपमा सहभागिता जनाउन पाउनेछ ।


Read Previous

आगलागीका कारण इन्टरनेट प्रभावित

Read Next

पर्यटकीय गन्तव्य बन्दै ‘बराह ताल’