Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

आगलागीका कारण इन्टरनेट प्रभावित


ताप्लेजुङ। आगलागीका कारण फाइबर केबल जलेर क्षति भएपछि जिल्लामा मोबाइल र इन्टरनेट सेवा प्रभावित भएका छन् ।

गएराति फुङ्लिङ नगरपालिकास्थित ल्याङ्बा क्षेत्रमा भएको आगलागीले इन्टरनेट सेवा प्रदायक कम्पनी टेकमाइन्डस्ले जडान गरेको फाइबर केबल जलेपछि मोबाईल फोन र इन्टरनेट दुवै सेवा प्रभावित बनेको हो ।

टेकमाइन्डस्को फाइबर केबल नेपाल टेलिकमलेसमेत प्रयोग गरिरहेकाले मोबाइल सेवासमेत प्रभावित भएको नेपाल टेलिकम ताप्लेजुङले जनाएको छ । रेडियो लिङ्कबाट ‘व्यान्डविथ न्युन’ भएकाले टेलिकमको सेवा प्रभावित बनेको जनाइएको छ । टेकमाइन्डस्को सेवा भने पूर्णरुपमा अवरुद्ध भएको छ ।

आगलागीले करिब पाँच सय मिटर फाइबर केबल जलेर नष्ट भएको नव दुर्गा इन्टरनेट सर्भिस प्रालीका प्रमुख दुर्गा न्यौपानेले जानकारी दिए । जलेको तार निकालेर नयाँ तार जडानको कार्य भइरहेको उनको भनाइ छ । टेलिकमको मोबाइल र इन्टरनेट दुवै सेवा आंशिकरुपमा र टेकमाइन्डस्को सेवा पूर्णरुपमा अवरुद्ध हुँदा सेवाग्राही भने मारमा परेका छन् ।


Read Previous

अन्तर्राष्ट्रिय विकास साझेदारहरुसंग अर्थमन्त्रीको छलफल

Read Next

विद्युत प्राधिकरण कर्मचारी संघलाई आधिकारिक ट्रेड युनियनकाे मान्यता

Leave a Reply

Your email address will not be published.