Nepal Purbadhar

शुक्रबार, मंसिर २८, २०८१
Friday, December 13, 2024

शुक्रबार, मंसिर २८, २०८१
Friday, December 13, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

लालबन्दीबाट एक अर्बको तरकारी निकासी


सर्लाही । सर्लाहीको लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालू आर्थिक वर्षको सात महिनामा एक अर्ब बढीको तरकारी निकासी गरेको छ । लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले गत साउन १ देखि माघ मसान्तसम्ममा तरकारी निकासीबाट एक अर्ब ६६ लाख ६३ हजार तीन सय ५० रुपैयाँ आर्जन गरेको समितिका व्यवस्थापक शम्भु घिमिरेले जानकारी दिए।

उनका अनुसार आव २०७९/०८० को साउनमा २० करोड दुई लाख, भदौमा १८ करोड ८५ लाख ५२ हजार, असोजमा २७ करोड ८० लाख ८३ हजार, कात्तिकमा नौ करोड ६३ लाख ७८ हजार, मङ्सिरमा सात करोड १० लाख ६८ हजार, पुसमा १७ करोड १५ लाख ८८ हजार र माघमा २० करोड ९४ लाख ३७ हजार रुपैयाँको हाराहारी रकम संकलन भएको छ ।

चालू आवको सात महिनामा एक अर्ब ६६ लाख ६३ हजार तीन सय ५० रुपैयाँ रकम संकलन भएको समितिका अध्यक्ष तोरणबहादुर मगरले जानकारी दिए। जिल्लाको लालबन्दी, हरिवन, हरिपुर र ईश्वरपुर नगरपालिका क्षेत्रमा किसानले उत्पादन गरेका गोलभेँडा, परबल, बोडी, सिमी, भन्टा, करेलालगायतका तरकारी लालबन्दीको बजारमा आउने समितिले जनाएको छ ।अध्यक्ष मगरका अनुसार सिन्धुली, रामेछाप, काठमाडौं, पोखरा, बुटवल, भैरहवा, नारायणगढ, नेपालगञ्ज, हेटौँडा, वीरगञ्ज, गौर, जनकपुर, सिरहा, विराटनगर, इटहरीका साथै छिमेकी देश भारतको सोनवर्षा तथा सीतामाडीलगायतका स्थानमा लालबन्दीबाट तरकारी निकासी हुन्छ ।

लालबन्दीबाट टमाटर, भन्टा, बोडी, लौका, करेला, काँक्रो, फूलकोभी, बन्दा कोभी, घिरौँला, सिमी, झिङ्गनी, मूला, हरियो खुर्सानी, बेथुको साग, गाँजर, भिन्डी, परबल, रुख कटहर, फर्सी, धनियाँको पात, कागती, मटरकोसा, प्याज र भेँडेखुर्सानीलगायतका तरकारी निकासी हुन्छ ।

त्यस्तै, संघीय सरकार मातहत रहेको थोक तरकारी बजारको छ कोठे भवन निर्माणका लागि शिलान्यास गरिएको छ । कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्रको ५० लाख ७७ हजार रुपैयाँमा सो भवन निर्माण हुनेछ ।

चालू आवको असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरी समितिले नै भवन निर्माणको काम थालेको अध्यक्ष मगरले जानकारी दिए । लालबन्दी बजारसहित संघ सरकार मातहत ११ वटा बजार रहेका छन् ।


Read Previous

कोरियाली प्राध्यापकको टोलीद्वारा पूर्वाञ्चल विश्वविद्यालयको निरीक्षण

Read Next

यातायात मन्त्री श्रेष्ठ र चिनियाँ राजदूतसहितले गरे कलंकी–चक्रपथ सडकखण्ड निरीक्षण

Leave a Reply

Your email address will not be published. Required fields are marked *