Nepal Purbadhar

यातायात मन्त्री श्रेष्ठ र चिनियाँ राजदूतसहितले गरे कलंकी–चक्रपथ सडकखण्ड निरीक्षण


काठमाडौं । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपालका लागि चिनियाँ राजदूत छन् सङलगायतले कलंकी–चक्रपथ सडकखण्ड निरीक्षण गरेका छन्।

निरीक्षणमा मन्त्रालयका सचिव केशव शर्मा, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालसहितको टोलीको सहभागिता रहेको मन्त्रालयले जनाएको छ।

केही समयदेखि यो सडकखण्ड विस्तारको काम सुरू गरे पनि केही ठाउँमा काम अघि बढ्न सकिरहेको छैन। घरटहरा र बिजुलीका पोललगायत नहटाउँदा सडक विस्तार हुन सकेको छैन।

यो सडकखण्ड विस्तार कार्य छिटो गर्न मन्त्री श्रेष्ठसहितले पहल गरेका हुन्।

निरीक्षणपछि उपप्रधानमन्त्री श्रेष्ठले कलंकी–महाराजगञ्ज सडक विस्तारको काम चाँडै सुरु हुने बताका छन् । चिनियाँ कम्पनीले काठमाडौंको चक्रपथ विस्तारको जिम्मा पाएको छ ।


Read Previous

लालबन्दीबाट एक अर्बको तरकारी निकासी

Read Next

उपत्यकामै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् यात्रु, ७ महिनामा २१ हजार सवारी चालक कारबाहीमा