Nepal Purbadhar

एशियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंकले पूर्वाधारका क्षेत्रमा लगानी गर्ने


काठमाडौं । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र एशियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंकबीच नेपालमा पूर्वाधारका क्षेत्रमा लगानी गर्ने विषयमा छलफल भएको छ।

बैंकले पूर्वाधारको क्षेत्रमा लगानी गर्न चासो देखाएपछि छलफल गरिएको मन्त्रालयले जनाएको छ। बैंकका प्रतिनिधिले उपयुक्त परियोजनाको छनोट गरेर लगानी गर्ने बताएका छन्।

भेटमा उपप्रधानमन्त्री श्रेष्ठले बैंकको अनुदानमा पूर्वाधार निर्माणको सम्भावनाका विषयमा जिज्ञासा राखेका थिए । उनले बैंकका प्रतिनिधिसमक्ष सरकारको लक्षित योजनामा लगानी गर्न आग्रह गरेका थिए।

बैठकमा मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा, सहसचिव शिव नेपाललगायत सहभागी हुनुहुन्थ्यो।


Read Previous

कर्णाली राजमार्ग स्तरोन्नति नहुँदा स्थानीयलाई सास्ती

Read Next

आमसञ्चारसम्बन्धी कानुनलाई छिट्टै मूर्तरुप दिइनेछ : मन्त्री शर्मा