Nepal Purbadhar

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

योजना आयोगमा तीन सदस्य नियुक्त


काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा तीनजना सदस्य नियुक्त गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सुशील ज्ञवाली, अन्जान शाक्य र कुशेन्द्र शाहीलाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले परराष्ट्र मन्त्रालयअन्तर्गत नेपाल र बहराइन अधिराज्यका परराष्ट्र मन्त्रालयबीच दुई पक्षीय परामर्श संयन्त्र स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नेसमेत निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन ।

सरकारका प्रवक्ता शर्माले भनिन्, “ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत अमरपुर–ढुङ्गेसाँघु एक सय ३२ केभी प्रसारण आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने भन्ने निर्णय भएको छ, त्यसको निम्ति आयोजनाका इन्जिनियर नितेश यादवलाई तोकिएको छ ।”

मन्त्रिपरिषद्ले त्यसैगरी परराष्ट्र मन्त्रालयअन्तर्गत नेपाल र युरोपियन युनियनबीचको संयुक्त आयोग र उपआयोगको बैठक नेपाल बेल्जियम दुई पक्षीय संयत्रको बैठकको सम्बन्धमा (२ फेब्रुरी २०२३) मा परराष्ट्र सचिवले नेतृत्व गर्ने निर्णय गरेको छ । श्रीलङ्काको स्वतन्त्रताको ७५औँ वार्षिकोत्सवमा परराष्ट्रमन्त्री सहभागी हुने सरकारको निर्णय छ ।


Read Previous

नेपालमा पहिलोपटक भौगोलिक स्थान सुहाउँदो योजना तर्जुमा सम्बन्धी सम्मेलन

Read Next

बोउमा कनएक्स्पोमा सहभागी हुन महासंघ अध्यक्ष भारत प्रस्थान

Leave a Reply

Your email address will not be published.