Nepal Purbadhar

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023
पर्यटकको गन्तव्य बन्दै ‘कुमसोत’ भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने

नेपालमा पहिलोपटक भौगोलिक स्थान सुहाउँदो योजना तर्जुमा सम्बन्धी सम्मेलन


काठमाडौं । सहरी विकास मन्त्रालयको संयोजनमा नेपालमा पहिलोपटक भौगोलिक स्थान सुहाउँदो योजना तर्जुमा सम्बन्धी सम्मेलन आयोजना हुने भएको छ ।

युएन ह्याबिट्याट एवं जापान सरकार र भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयसँगको सहकार्यमा ‘एकीकृत र जलवायु अनुकूलन सहरी विकासका लागि स्थानीय योजना’ भन्ने नारासहित पाँचौँ संस्करणको सम्मेलन नेपालमा आयोजना गर्न लागिएको हो । कार्यक्रम यही माघ १९ र २० गते राजधानीमा आयोजना गरिने भएको छ ।

सम्मेलनमा भूटान, बङ्गलादेश, कम्बोडिया, चीन, भारत, इन्डोनेसिया, जापान, मोजाम्बिक, मलेसिया, फिलिपिन्स, श्रीलङ्का, युगान्डा र भियतनाम गरी १३ देशका उच्च अधिकारी र विज्ञको सहभागिता हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

दिगो उत्थानशील र समावेशी समाज तथा सहरबस्ती निर्माणका लागि हातेमालो गर्ने उद्देश्यले सन् २०१८ मा जापान सरकारको भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयले यो प्लेटफर्मको स्थापना गरेको हो । यससम्बन्धी पहिलो सम्मेलन भने जापानमै सन् २०१९ मा आयोजना गरिएको थियो ।

सन् २०१९ देखि प्लेटफर्मले युएन ह्याबिट्याट एसिया प्रशान्त क्षेत्रीय कार्यालयको संयोजनमा प्रत्येक वर्ष यससम्बन्धी बहस, छलफल, अन्तरक्रिया तथा अन्तर्राष्ट्रिय सम्मेलन गर्दै आएको छ ।

सुरुदेखि नै यो मञ्चमा नेपाल सहभागी हुँदै आएको छ । विश्व आर्थिक गतिविधिको बदलिँदो परिदृश्य, बढ्दो प्राकृतिक प्रकोप, जलवायु परिवर्तन र अन्य चुनौतीका कारण सरकारलाई केन्द्रीय, प्रादेशिक तथा स्थानीय तह सुहाउँदो नीतिनियमको तर्जुमा गर्न सबल बनाउन कार्यक्रमले सहयोग गर्ने आशा गरिएको मन्त्रालयका प्रवक्ता प्रदीप परियारले बताए ।

सम्मेलनले दिगो, उत्थानशील र समावेशी समाज हासिल गर्ने लक्ष्य प्राप्तिका लागि आइपर्ने चुनौतीको सामना कसरी गरिरहेछन् भन्ने विषयमा दिशानिर्देश गर्ने विश्वास लिइएको छ । सम्मेलन उद्घाटनको अघिल्लो दिन माघ १८ गते अन्तर्राष्ट्रिय प्रतिनिधिले काठमाडौँ उपत्यका विकास प्राधिकरणले सहरी विकासमा गरिरहेको कामको स्थलगत अवलोकन भ्रमण गर्ने जनाइएको छ ।

कार्यक्रमको प्राविधिक सत्रमा राज्यको विभिन्न तहमा भूमि तथा सहरी व्यवस्थालाई सुदृढ पार्न विभिन्न देशले अवलम्बन गरेका उपायको प्रस्तुति गरिनेछ । जलवायु परिवर्तन अनुकूलनका लागि स्थानीय योजना र क्षेत्रीय दृष्टिकोणको प्रस्तुति पनि गरिने जनाइएको छ ।

सम्मेलनमा पोष्टर प्रस्तुतीकरण, नेपालको क्षेत्रीय योजना र विकासको मार्गचित्रसम्बन्धी विशेष सत्र एवं घटना अध्ययनको प्रस्तुति पनि समावेश गरिने प्रवक्ता परियारले बताउनुभयो । सहभागीले नेपालको स्थानीय योजना दृष्टिकोणका समस्या र सम्भावनाका बारेमा छलफल हुनेछ । सहभागी देशका पनि यससम्बन्धी घटना अध्ययन हुने मन्त्रालयले जनाएको छ ।

जमिनमा सबै कुरा बन्छ भने कसरी योजना बनाउने भन्ने सम्मेलनको मुख्य उद्देश्य रहेको मन्त्रालयका सहसचिव पद्मकुमार मैनालीले जानकारी दिए ।

काठमाडौँ उपत्यका र काभ्रे उपत्यकाका विकासका बारेमा नमुना अध्ययन यस विषयमा गर्न सकिने उनको भनाइ थियो । युएन ह्याबिट्याटका कार्यक्रम व्यवस्थापक प्रज्ञा प्रधानले नेपालको एकीकृत सहरी विकासका लागि सम्मेलन फलदायी हुने आशा गरिएको बताए । रासस


Read Previous

डिजिटल माध्यमबाट शिक्षण सामग्रीको प्रयोग बढाउन मन्त्रालयको आग्रह

Read Next

योजना आयोगमा तीन सदस्य नियुक्त

Leave a Reply

Your email address will not be published.