Nepal Purbadhar

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

माथिल्लो कालंगागाड प्रसारण प्रणालीमा जोडियो,१३ मेगावाट विद्युत उत्पादन


काठमाडौं । बझाङको कालंगा बेसिनमा निर्माण भएको ३८.४६ मेगावाटको माथिल्लो कालंगागाड जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । सानिगाड हाइड्रो पावर कम्पनीले निर्माण गरेको यो आयोजनाबाट शनिबारदेखि विद्युत उत्पादन सुरु भएको हो ।

आयोजनाले उत्पादन गरेको विद्युत दार्चुलास्थित १३२ केभी बलाँच सबस्टेसनमा जोडिएको छ । नेपाल विद्युत प्राधिकरणकाे प्राविधिक टाेली पुगेर परीक्षण गरेपछि आयोजनाकाे विद्युत प्रसारण प्रणालीमा जाेडिएकाे हाे ।सुख्खा याम भएकाले अहिले आयोजनाले १३ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा दिइरहेको कम्पनीका सञ्चालक पुष्प चित्रकारले बताए ।

‘हाम्रो आयोजनाबाट विद्युत उत्पादन सुरु गर्न प्रसारण लाइनको कारणले ढिलाइ हुँदै आएको थियो,’ उनले भने, ‘बलाँचसम्मको प्रसारण लाइन निर्माण पूरा भई सञ्चालनमा आएसँगै यो आयोजनाको विद्युत पनि प्रसारण प्रणालीमा जोड्न सफल भएका छौं’ । उनले अहिले आयोजनाबाट परीक्षण उत्पादन भइरहेको जानकारी दिए ।

आयोजनाको विद्युत प्रसारण प्रणालीमा आउँदा सुख्खा यामको विद्युत माग व्यवस्थापनमा योगदान पुग्नुको साथै आयात पनि न्युनिकरण गर्न सहयोग पुग्नेछ । परीक्षण अवधि पूरा भएपछि मात्रै आयोजनाबाट व्यापारिक विद्युत उत्पादन सुरु हुने कम्पनीले जनाएको छ । यो आयोजनाको सिभिल, हाइड्रो तथा इलेक्ट्रोमेकानिकलतर्फको सम्पूर्ण काम गत जेठमा नै सम्पन्न भइसकेको थियो । आयोजना निर्माण सम्पन्न हुनासाथ संरचनामा पानी भरेर परीक्षण समेत गरिएको थियो ।

प्रवर्द्धकले नै बलाँच सबस्टेसनसम्म निर्माण गर्नुपर्ने प्रसारण लाइन सम्पन्न भइनसकेका कारण अहिले मात्रै विद्युत प्रणालीमा जोड्न सम्भव भएको हो । यो आयोजना निर्माण सम्पन्न हुँदा करिब ७ अर्ब रुपैयाँ खर्च भएको अनुमान छ । आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाईमा ८ वटा बैंकले ऋण लगानी गरेका छन् ।

एउटै समूहले छुट्टा छुट्टै कम्पनीमार्फत कालंगा बेसिनमा ६४ मेगावाटका ३ जलविद्युत आयोजना निर्माण गरेको छ । जसमध्ये १५.३३ मेगावाटको कालंगागाड जलविद्युत आयोजना यसअघि नै प्रसारण प्रणालीमा जोडिइसकेको छ । याे आयोजनाले अहिले ८ मेगावाट विद्युत उत्पादन गरिरहेकाे छ ।

अब १०.७ मेगावाटको माथिल्लो सानिगाड जलविद्युत आयोजना प्रसारण प्रणालीमा जोडिन बाँकी छ । आयोजनाको निर्माण अन्तिम चरणमा पुगेकाले आगामी चैतदेखि विद्युत उत्पादन सुरु गर्ने पछिल्लो तालिका छ ।

प्रवर्द्धक समूहले यी ३ जलविद्युत आयोजनामा ११ अर्ब रुपैयाँ बढी लगानी गरेको छ । सबै आयोजना सञ्चालनमा आउँदा सूदुरपश्चिम प्रदेशको विद्युतीकरण विस्तार एवं सुधार हुनुका साथै प्रदेशको आर्थिक समृद्धिमा पनि योगदान पुग्नेछ ।

सबै आयोजनामा सिभिल तथा हाइड्रोमेकानिकलतर्फको काम नेपालकै सुनाम इन्फ्रास्ट्रक्चर निर्माण प्रालिले गरेकाे छ । यो निर्माण कम्पनीले ५७ मेगावाटको नुप्चे लिखु जलविद्युत आयोजनाको सिभिल संरचनाको काम पनि गरिरहेको छ ।


Read Previous

खानेपानी माफियाको अन्त्य गछौं -खानेपानी मन्त्री

Read Next

यूटीएललाई वक्यौता भुक्तानी गर्न माघ मसान्तसम्मको समय, केसीएन नेटको लाइसेन्स खारेज

Leave a Reply

Your email address will not be published.