Nepal Purbadhar

बिहिबार, अशोज ४, २०८०
Thursday, September 21, 2023

बिहिबार, अशोज ४, २०८०
Thursday, September 21, 2023

सर्तसहित क्रसर खोल्ने मन्त्रिपरिषद्को निर्णय, दर्ता नै नभएकालाई सधैंका लागि बन्द गरिने


काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले सरकारले तोकेको मापदण्डअनुसार दर्ता भएका र नभएकालाई विभिन्न सर्त राखेर तत्कालका लागि सबै क्रसर उद्योग खुला गर्ने निर्णय गरेको छ ।

गत २० पुसमा गृह मन्त्रालयले अवैध क्रसर बन्द गर्न परिपत्र गरेपछि देशभरका सञ्चालनमा रहेका क्रसर बन्द गरिएको छ । यसको विरोध क्रसर र निर्माण व्यवसायीले गरिरहेका थिए ।

ऐन र मापदण्डबमोजिम दर्ता भएर वैधानिक ढंगले चलिरहेका हकमा निर्वाध सञ्चालन गर्न दिने निर्णय भएको छ । त्यस्तै, दर्ता भएका तर हालको मापदण्ड पूरा नगरेकाका हकमा आगामी असारसम्म सञ्चालन गर्न दिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

यस्ता क्रसरलाई असारसम्म हालको मापदण्ड अनुसार दर्ता हुन छुट दिएको हो । यसबाहेक दर्ता नै नभएका र कुनै विशेष आयोजनाको लागि सञ्चालन अनुमति पाएका, तर आयोजना सकिएपछि समेत चलिरहेका क्रसर भने बन्द नै गर्ने निर्णय भएको छ ।

एक मन्त्रीले क्रसर उद्योगहरूलाई मापदण्डअनुसार नियमन गर्ने गरी सञ्चालन हुन दिने निर्णय भएको जानकारी दिए । साथै क्रसरसम्बन्धी कानुनी व्यवस्थामा पुनरावलोकन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

क्रसरले पुर्याउने असरका सम्बन्धमा कानुनी जटिलता रहेको र त्यसलाई वैध बनाउने गरी कानुनी व्यवस्थाको पुनरावलोकन गर्ने निर्णय गरिएको हो । यसअघि सरकारले गृह प्रशासनले २० पुसको निर्णयपछि अहिलेसम्म देशभर करिब ८ सय क्रसर बन्द गरिएका छन् ।


Read Previous

‘आगामी आर्थिक वर्ष ठूला र नयाँ आयोजना ल्याउन सकिँदैन’

Read Next

पेट्रोलियम पाइपलाइन परियोजना : दोस्रो चरणको काम तीव्र

Leave a Reply

Your email address will not be published.