Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
कन्सियस इनर्जी र ऊर्जा डेभलपर्सले ग्रीन हाइड्रोजन उत्पादनका लागि लगानी प्रवर्द्धनमा सहकार्य गर्ने विद्युत् विधेयक लगानीमैत्री बनाउन प्रवर्द्धककाे माग,प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश दिन्छाैंः सभापति सिंह सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई ‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’ भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने    राष्ट्रपति पौडेलले बिहीबार हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने

निर्माण व्यवसायी आफैले उपत्यकाका सडक आयोजना सम्पन्न गर्ने समयावधी तोकेर पूर्वाधार मन्त्रीकोअगि लिखित वाचा (सडककाे सूचीसहित)


काठमाडौं । काठमाडौं उपत्यकामा वर्षौदेखि निर्माणाधीन तर सम्पन्न नभएका सडक आयोजनालाई निर्माण व्यवसायीले अब तोकेकै समयमा सम्पन्न गर्ने लिखित वाचा गरेका छन् । निर्माण व्यवसायी आफैले समयसीमा तोकेर आयोजना सम्पन्न गर्ने वाचा गरेका हुन् ।

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक र विभिन्न आयोजनाका प्रमुखसँगको संयुक्त अन्तरक्रिया निर्माण व्यवसायीले यस्तो लिखित वाचा गरेका हुन् ।

अन्तरक्रियामा निर्माण व्यवसायीहरुले आ–आफ्नो ठेक्कामा भए गरेका सजिलो अप्ठेरोबारे मौखिक बताएका थिए । आ–आफ्नो ठेक्कामा रहेका आयोजनाहरु तोकेको समय सीमाभित्र सम्पन्न गर्ने अअन्तरक्रियामा सहभागी उपत्यकाका तीनै जिल्लाका आयोजना निर्माण व्यवसायीले प्रतिवद्धता गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

समयसीमा तोकेर सम्पन्न गर्ने आयोजना ११ वटा छन । त्यसमा काठमाडौं जिल्लाका ६ वटा र ललितपुर जिल्लाका ५ वटा छन् । भक्तपुर जिल्लामा रहेका ४ आयोजना भने फरफारक गर्न निर्माण व्यवसायी र सडक डिभिजन कार्यालय सहमत भएका छन् ।

कुन आयोजना कहिले सम्पन्न गर्ने ?

काठमाडौं जिल्ला अन्तर्गतका आयोजना

महांकाल भृकुटीचोक तेन्जीङचोक फैका आनीगुम्वा चपली बुढानिलकण्ठ सडक
निर्माण व्यवसायी– तुदि/प्रेरा जेभी वागडोल ललितपुर
सम्पन्न गर्ने प्रतिवद्धता– २०७९ साल माघ मसान्तसम्म

आकाशेधारा राममन्दिर, कृष्णमन्दिर सडक 
निर्माण व्यवसायी– शैलुङ्ग कन्स्ट्रक्सन कम्पनी प्रा.लि.
सम्पन्न गर्ने प्रतिवद्धता– २०७९ फागुन १५ सम्म

सीतापाइला–रामकोत–भिमढुङ्गा सडक
निर्माण व्यवसायी– आशिष सिएम जयवावा जेभी
सम्पन्न गर्ने प्रतिवद्धता– २०७९ माघ मसान्तसम्म

पेप्सिकोला ब्राहखेल सडक
निर्माण व्यवसायी– महालक्ष्मी/वल्र्डवाईड भण्डार धोदुङ जेभी
सम्पन्न गर्ने प्रतिवद्धता– २०८० असार मसान्तसम्म

मित्रपार्क गौरीघाट गुहेश्वरी नयाँवस्ती जोरपाटी सडक
निर्माण व्यवसायी– सुनकोशी/प्रजिल जेभी
सम्पन्न गर्ने प्रतिवद्धता– २०७९ माघ मसान्तभित्र कालोपत्रे गर्ने

साततले भण्डारी गार्मेन्ट आकाशेधारा बालुवाखानी सडक 
निर्माण व्यवसायी– दिवा/शैलङ्ग जेभी
सम्पन्न गर्ने प्रतिवद्धता– २०८० असार मसान्तसम्म

ललितपुर जिल्ला अन्तर्गतका आयोजना

पेरियोडिक मेन्टेनेन्स अफ रिहाबिलिटेसन एण्ड अपग्रेडिङ वक्र्स एलङ छम्पी टिकाभैरव रोड
निर्माण व्यवसायी– महर्जन निर्माण सेवा
सम्पन्न गर्ने प्रतिवद्धता– २०७९ चैत मसान्तभित्र (पुल बाहेक)

अपग्रेडिङ वक्र्स एलङ तउखेल चापागाउँ छम्पी ढुकुछाप दक्षिणकाली रोड
निर्माण व्यवसायी– ड्रागन–महर्जन जेभी, काठमाडौं ।
सम्पन्न गर्ने प्रतिवद्धता– २०७९ चैत्र मसान्तसम्म

अपग्रेडिङ एण्ड रिहाबिलिटेसन वक्र्स एलङ लुभू–लाकुरीभञ्ज्याङ्ग–मानेडोभान रोड
निर्माण व्यवसायी– पि.एमं÷महर्जन जेभी, ललितपुर
सम्पन्न गर्ने प्रतिवद्धता– २०७९ चैत्र मसान्तसम्म

स्पेसिफिक मेन्टेनेन्स वक्र्स ललितपुर म.न.पा. १५, खुमल्टार, युलेन्स स्कुल (पुरानो) जाने सडक, ललितपुर
निर्माण व्यवसायी– रानीवन कन्स्ट्रक्सन, काठमाडौं ।
निर्माण सम्पन्न गर्ने प्रतिवद्धता– २०७९ चैत्र मसान्तसम्म ।

कन्स्ट्रक्सन अफ आरसिसि ब्रिज ओभर नख्खु खोला
निर्माण व्यवसायी– महर्जन निर्माण सेवा, ललितपुर ।
निर्माण सम्पन्न गर्ने प्रतिवद्धता– २०८० असार मसान्तसम्म ।

भक्तपुर जिल्लामा ठेक्का लागेका ४ आयोजनाको फरफारक गर्ने

मन्त्रालयमा भएको छलफलमा निर्माण व्यवसायीहरुले आंशिक काम गरेका र स्थानीयको अवरोधले काम हुन नसकेका आयोजनाको भने फरफारक गर्ने सहमति भएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले जानकारी दिए ।

यस्ता सडक आयोजनामध्ये केही ठेक्का लागेर पनि स्थानीय तहले सम्पन्न गरिसकेका छन भने केही थोरै काम भएर वर्षौदेखि अल्झिएर बसेका छन् । ‘ती आयोजनालाई अब फरफारक गरेर टुंग्याउने निर्णय भयो’ महानिर्देशक थापाले भने ।

फरफारक गर्ने सूचीमा परेका सडक आयोजना

कमलविनायक वसपार्कदेखि भत्केपाटीको पाटी सडक विस्तार र ड्रेन निर्माण कार्य
निर्माण व्यवसायी– श्री लोहनी एण्ड ब्रदर्श/लालीगुराँस जेभी

 मनोहरा खोला पुल ईन्द्रायणी चाँगुनारायण सडक मनोहरा खोलामा आर सी सी तथा पहुँच सडक निर्माण कार्य
निर्माण व्यवसायी– श्री लामा विल्डर्स/साल्पा शेर्पा/जय बाबा गोरख जे भी

हनुमन्ते खोला अरनिको राजमार्ग बप्फा पाटी बिहार बहाखा बजार सडक विस्तार गर्ने कार्य
निर्माण व्यवसायी– श्री सुनौला खिम्ती कन्स्ट्रक्सन

लोकन्थली हेल्थपोष्ट रमाइलो चोक चाइल्ड नेचर स्कुलमा सडक विस्तार गर्ने कार्य
निर्माण व्यवसायी– श्री सुनौला खिम्ती कन्स्ट्रक्सन


Read Previous

आर्थिक समस्या समाधानका लागि सामुहिक पहल जरुरीः अर्थमन्त्री

Read Next

काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने, स्टल बुकिङ खुला

Leave a Reply

Your email address will not be published.