Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
कन्सियस इनर्जी र ऊर्जा डेभलपर्सले ग्रीन हाइड्रोजन उत्पादनका लागि लगानी प्रवर्द्धनमा सहकार्य गर्ने विद्युत् विधेयक लगानीमैत्री बनाउन प्रवर्द्धककाे माग,प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश दिन्छाैंः सभापति सिंह सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई ‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’ भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने    राष्ट्रपति पौडेलले बिहीबार हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने

भेरी–बबई डाईभर्सन आयोजनाको परामर्श सम्झौता रद्द प्रक्रियामा


काठमाडौं । जलस्रोत तथा सिंचाइ विभागले भेरी–बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाको परामर्श सम्झौता खारेज गर्ने भएको छ ।

विभागले मंगलबार इरानको परामर्शदाता कम्पनी महाब घोड्स कन्सल्टिङ इन्जिनियरिङ कम्पनीसगँगको सम्झौता रद्द गर्ने गरी सूचना जारी गरेको छ ।

भेरी–बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाका प्रवक्ता लेखनाथ सुवेदीका अनुसार महाब घोड्स कन्सल्टिङ इन्जिनियरिङ कम्पनीले डलर कारोबार गर्न अमेरिकाले रोक लगाएको छ । कम्पनीले डलर खाता खोल्न नसकेपछि नेपालमा बैंक कारोबार गर्न सकेन ।

यस्तो अवस्थामा आयोजनाले कम्पनीलाइ काम गर्नको लागी पटक पटक ताकेता गरेपनि काममा प्रगति हुने सम्भावना नदेखेपछि सम्झौता रद्द गरेको हो ।

यसअघि भेरी बबई डाइभर्सन बहुउद्देश्यीय परियोजना परामर्शदाताको रुपमा महाब घोड्स कन्सल्टिङ इन्जिनियरिङ कम्पनी रहेको थियो । त्यो कम्पनी २६ सेक्टेम्बर २०१९ देखि परामर्शदाता कम्पनीको रुपमा कार्यरत थियो ।

विभागले आयोजनामा भएको क्षतिको प्रमाणीकरण र क्षतिपूर्ति भराउनको लागि भुमिका खेल्न नसकेको र आफ्नो दायित्व पूरा गर्न असफल भएको कारण रद्द गर्ने निर्णयमा पुगेको हो । यो सूचना जारी भएको ३० दिन (२६ जनवरी २०२३) भित्र सम्झौता रद्द हुनेछ ।


Read Previous

११ वर्षमा उपत्यकाको सार्वजनिक यातायातमा आधारित ७ वटा अध्ययन, एउटै कार्यान्वयन भएन

Read Next

काठमाडौं-केरुङ रेलमार्गको विस्तृत अध्ययन अघि बढ्यो 

Leave a Reply

Your email address will not be published.