Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
लगानी प्रवर्द्धन गर्न अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सन्देश दिँदै सकियाे तेस्राे लगानी सम्मेलन लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो    तेस्राे लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार    चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी    सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण    पीपीपी माेडालिटी प्रवर्द्धन गर्न वाप र नापबीच समझदारी उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग

मिस्ट्री खोलाको प्रवर्द्धक माउन्टेन इनर्जीको नवौं साधारणसभा भोलि


काठमाडौं । माउन्टेन इनर्जी नेपाल कम्पनीको नवौं वार्षिक साधारणसभा भोलि (शुक्रबार) हुँदैछ । म्याग्दीमा सञ्चालित ४२ मेगावाटको मिस्ट्री खोला तथा नुवाकोटस्थित ५ मेगावाटको तादी खोलाको प्रवर्द्धक कम्पनीको साधारणसभा हुन लागेको हो ।

साधारणसभा बिहान १० बजेबाट भाटभटेनीस्थित आम्रपाली बङ्क्वेटमा  हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार साधारणसभामा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने कार्यसूची छ ।

यस्तै, कम्पनीले सम्पूर्ण सेयरधनीका लागि प्रस्ताव गरेको १०.५२ प्रतिशत नगद लाभांश पनि साधारणसभाबाट स्वीकृत गरिने भएको छ । कम्पनीको लेखा परिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७८/७९ (असार मसान्त २०७९) को वार्षिक वित्तीय विवरणबारे छलफल गरी पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखा परीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने समेत कार्यसूची छ ।

साथै, संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिको निर्वाचन गर्ने साधारणसभाको कार्यसूचीमा छ । गत मंसिर २९ गते बसेको सञ्चालक समिति बैठकले पुस ८ गते साधारणसभा गर्ने निर्णय गरेको थियो ।

कम्पनीले निर्माण गरेको ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादी खोला आयोजना सञ्चालनमा छन् । १२ मेगावाटको मिस्ट्री खोला–२ आयोजना निर्माणमा जाँदैछ । मिस्ट्री खोला-२ लाई मिस्ट्री खोलाको क्यासकेड आयोजनाकोरूपमा निर्माण गरिनेछ ।

 


Read Previous

पाँचखाल ‘ग्रीन स्मार्ट सिटी’को अध्ययन सुरु, पूर्वाधार निर्माणमा मात्रै २ अर्ब लाग्ने अनुमान

Read Next

निजी लगानीको ठूलो सोलु दूधकोसीको ‘वेट टेष्ट’ आगामी सातादेखि,हिउँदको आयात घटाउन सहयाेग पुग्ने

Leave a Reply

Your email address will not be published.