Nepal Purbadhar

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024
फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण    उद्योग विभागद्वारा ४ परियाेजनाकाे ९ अर्ब १३ करोड रुपैयाँ बराबरकाे लगानी स्वीकृत    तनहुँकाे व्यासमा सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता    म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण    लगानी प्रवर्द्धन गर्न अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सन्देश दिँदै सकियाे तेस्राे लगानी सम्मेलन लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो    तेस्राे लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार    चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी   

पूरा हुँदै साढे ४ दशकदेखिकाे पोखरेली सपनाः जनवरी १ देखि पाेखरा विमानस्थलमा उडानकाे तयारी

अङ्ग्रेजी नयाँ वर्षका अवसर पारेर आगामी पुस १७ गतेदेखि सञ्चालनमा ल्याउन लागिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएका एटिसी टावरलगायत हवाई पूर्वाधारहरु । तस्बिर: कृष्ण दवाडी/रासस


गण्डकी । पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने साढे ४ दशकदेखिको सपना पूरा हुने अन्तिम चरणमा पुगेको छ । सरकारको घोषित कार्यक्रमअनुसार सन् २०२३ को जनवरी १ देखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुनेछ ।

यस विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानका लागि बुद्धएयरले आवश्यक तयारी गरिरहेको उक्त एयरलायन्सका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए । उडान अनुमतिका लागि बुद्ध एयरले सम्बन्धित निकायमा निवेदन दिइसकेको उनले बताए । एयरलायन्सले पोखराबाट पहिलो उडान पोखरा–बनारस–पोखरा गर्ने योजना बनाएको छ ।

‘हामी उडानको लागि लगभग तयारीमा छौं, पोखरा–बनारसको उडानको अनुमति माग्नुका साथै त्यसअघि परीक्षण उडानका लागि पनि अनुमति मागिएको छ’ उनले भने ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको यान्त्रिक उडान ‘क्यालिब्रेसन फ्लाइट’ले यो विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि तयार भएको पाइएको विमानस्थलका प्रवक्ता अनुप जोशीले जानकारी दिए । यान्त्रिक परीक्षणको प्रतिवेदन क्यानले स्वीकृत गरेपछि एरोनोटिकल इन्फर्मेसन पब्लिकेसन (एआइटी) मा प्रकाशन गरिनेछ ।

३ हजार ९ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झण्डै २२ अर्ब रूपैया लागतमा निर्माण गरिएको हो । विमानस्थलमा २ हजार ५ सय मिटर लम्बाई र ४५ मिटर चौडाइको धावनमार्ग छ ।

उडान सञ्चालनकै तयारीस्वरुप विमानस्थलको पूर्वतर्फको रिट्ठेपानीडाँडा कटानको पहिलो चरणअन्तर्गत १६ मिटर कटान कार्य सकिएको उनले जानकारी दिए ।  धावनमार्गको ‘अप्रोच’मा पर्ने डाँडाको ४० मिटर डाँडा काटेर समतल बनाउने गरी बाँकी २४ मिटर काट्ने काम पनि तीव्र रुपमा चलिरहेको छ।

‘जनवरी १ मा बिहानैदेखि पोखराबाट हुने सबै उडान (हेलिकोप्टर र अल्ट्रालाइट बाहेक) पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाटै गर्ने गरी तयारी भएको छ’  जोशीले भने।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानको तयारी भइरहँदा पोखरेली पर्यटन व्यवसायी यसले पोखराको पर्यटनमा महत्वपूर्ण योगदान पुग्ने बताउँछन् ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पर्यटकीय नगरी पोखराको सिधैँ विश्व बजारमा सम्पर्क हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठकाे भनाइ छ । आगामी दिनमा विदेशबाट पर्यटकहरू सिधैँ पोखरा आउनसक्ने भएकोले यहाँको पर्यटन प्रवद्र्धनमा थप योगदान पुग्ने उनी बताउँछन् ।

पोखरामा दैनिक २० हजार भन्दा बढी पर्यटकलाई स्तरीय होटेल तथा आवाशको सुविधा दिन सकिने बताउँदै उहाँले विमानस्थल सञ्चालनसँगै यससँग जोडिएका सडक लगायतका पूर्वाधारमा विशेष ध्यान दिनु जरुरी रहेको बताउँछन । ‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले आगामी दिनमा पोखरा र गण्डकी प्रदेशका विभिन्न जिल्लाका उत्पादनलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन सकिन्छ’, उनले भने ।

पोखरामा विभिन्न देशबाट आउने पर्यटक साहसिक पर्यटनलाई पनि लक्षित गरेर आउने गरेको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष धर्म पन्थीले बताउँछन।

पोखराहुँदै अन्नपूर्ण चक्रिय पदमार्ग, अन्नपूर्ण आधार शिविर, धवलागिरि पदमार्ग, मर्दी पदमार्ग आदिमा पर्यटक जाने गरेको बताउँदै उहाँले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले पोखरा र यससँग जोडिएका पर्यटकीय गतिवधि बढ्ने विश्वास व्यक्त गरे ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पोखराको पर्यटनका लागि बरदान सावित बन्ने नेपाल टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले बताए ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले पोखरालाई अन्तर्राष्ट्रिय सहरका रुपमा स्थापित गर्ने बताउँदै उनले विमानस्थल सञ्चालनसँग जोडिएका अन्य पूर्वाधारको विकास तथा विस्तारमा राज्यको ध्यान जानु जरुरी रहेको बताए ।

पोखरेलीको लामो समयदेखिको सङ्घर्षको प्रतिफलस्वरूप विमानस्थल सञ्चालनको अवस्थामा आउनु पोखरेलीका लागि हर्षको विषय भएको विमानस्थल निर्माणका अभियन्तामध्येका एक विश्वशङ्कर पालिखे बताउँछन् ।

अभियन्ता पालिखेका अनुसार विमानस्थलको निर्माणका लागि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिले २०६८ देखि सङ्घर्षका कार्यक्रम सुरु गरेको थियो ।

विमानस्थल निर्माणका लागि पोखरेली जनताको लामो सङ्घर्षको इतिहास जोडिएको उनकाे भनाइ छ  । ४ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाख १ गते शिलान्यास गरेका थिए ।

निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनी सिएमसिइले पाएको थियो । करिब ३ हजार ७०० रोपनी क्षेत्रफलमा निर्मित विमानस्थलमा न्यारोबडी एयर बस तीन सय २० र बोइङ ७ सय ३५ जहाज उडान र अवतरण गर्न सकिन्छ ।

यस विमानस्थलमा ३ ठूला र ८ साना गरी ११ वटा जहाज पार्किङ क्षमता रहेको छ । धावन मार्ग २ हजार ५ सय मिटरको रहेको विमानस्थलको चौडाइ ४५ मिटर छ ।

विमानस्थलमा १४ वटा आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवन रहेका छन् । विमानस्थलको ९३ प्रतिशत काम सम्पन्न भएपछि गत चैतमा चिनियाँ निर्माण कम्पनीले महत्वपूर्ण पूर्वाधार सकिएको भन्दै नेपाललाई हस्तान्तरण गरेको थियो ।

तथ्याङ्क अनुसार काठमाडौँ आएका विदेशी पर्यटकमध्ये ४० देखि ४५ प्रतिशत पर्यटक पोखरा आउने गर्दछन् । नेपाल आएकामध्ये करिब ६० प्रतिशत विदेशी पर्यटक मनोरञ्जनका लागि आउने गरेको र ४० देखि ४५ प्रतिशत पोखरा पुग्ने गरेका छन् ।वासुदेव पौडेल/रासस


Read Previous

गण्डकी प्रदेश गौरवको त्रिवेणी-दुम्किबास सडक आयोजना निर्माणमा निकुञ्ज बाधक

Read Next

जाइकाले डोल्मा फण्डमा १० मिलियन डलर लगानी गर्ने, स्वास्थ्य, प्रविधि र नविकरणीय उर्जामा उपयाेग हुने

Leave a Reply

Your email address will not be published.