
काठमाडौं। हुन्डाईको चर्चित कम्प्याक्ट एसयूभी ‘अल-न्यु भेन्यू’ अब भैरहवा, बुटवल र दाङमा पनि औपचारिक रूपमा उपलब्ध भएको छ। यससँगै यी क्षेत्र तथा आसपासका ग्राहकले हुन्डाईको नयाँ पुस्ताको कम्प्याक्ट एसयूभी प्रत्यक्ष रूपमा अनुभव गर्न पाउने भएका छन्।
अल-न्यु भेन्यूमा आकर्षक तथा बोल्ड डिजाइनसँगै आरामदायी सुविधा, आधुनिक प्रविधि र प्रभावकारी कार्यक्षमताको संयोजन गरिएको कम्पनीले जनाएको छ। गाडीको फराकिलो तथा बलियो डिजाइनलाई ट्विन हर्न एलइडी डीआरएल, होराइजन एलइडी रियर कम्बिनेसन ल्याम्प, डार्क क्रोम ग्रिल र सिग्नेचर सी-पिलर गार्निसले थप आकर्षक बनाएको छ।
गाडीको भित्री भागमा १०.२५ इन्चको सीसीएनसी इन्फोटेनमेन्ट प्रणाली, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, डिजिटल क्लस्टर र पावर्ड टिल्ट एन्ड स्लाइड सनरुफलगायतका आधुनिक सुविधा उपलब्ध छन्।
कार्यसम्पादनका लागि अल-न्यु भेन्यूमा काप्पा १.२ लिटर एमपीआई पेट्रोल र काप्पा १.० लिटर टर्बो जीडीआई पेट्रोल इन्जिनको विकल्प दिइएको छ। यसले दैनिक यात्राका लागि सहज कार्यसम्पादनदेखि टर्बो इन्जिनमार्फत थप प्रतिक्रियाशील कार्यसम्पादनसम्मको विकल्प उपलब्ध गराउने कम्पनीको दाबी छ।
सुरक्षाका लागि गाडीमा ६ ओटा एयरब्याग, एबीएससहित ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट र हिल-स्टार्ट असिस्ट कन्ट्रोललगायतका सुविधा राखिएका छन्।
नेपाली बजारमा अल-न्यु भेन्यूको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। यो गाडी एचएक्स २, एचएक्स ५ प्लस र एचएक्स ५ डीसीटी गरी तीन प्रमुख भेरियन्टमा उपलब्ध छ। एचएक्स २ र एचएक्स ५ प्लसमा १,१९७ सीसी पेट्रोल इन्जिन तथा एचएक्स ५ डीसीटीमा ९९८ सीसी पेट्रोल इन्जिन उपलब्ध छ।
अल-न्यु भेन्यू अब भैरहवा, बुटवल र दाङस्थित हुन्डाईका सोरुममा उपलब्ध भइसकेको कम्पनीले जनाएको छ। ग्राहकले सोरुममा पुगेर गाडीको डिजाइन, प्रविधि, इन्टेरियर तथा कार्यसम्पादनबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्।

