Nepal Purbadhar

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

बैरेनीमा १४ कराेड लगानी गरेर २६१ रोपनी क्षेत्रमा एकीकृत बस्ती योजना शुरू


तनहुँ । व्यास नगरपालिका–१० स्थित बैरेनीमा दुई सय ६१ रोपनी क्षेत्रफलमा एकीकृत बस्तीका लागि योजना बनाउन लागिएको छ । त्याे क्षेत्रको कूल १ हजार ५३७ रोपनीमध्ये पहिलो चरणमा उक्त क्षेत्रफलमा बस्ती निर्माण योजना प्रक्रिया अघि बढाइएको हो ।

एकीकृत बस्ती योजनाअन्तर्गत खुल्ला क्षेत्र, ढल,सडक र पूवार्धार निर्माणकाे लागि निजी जग्गा धनीहरुको पनि योगदान रहनेछ । नगर विकास कोषले नगरहरुमा एकीकृत जग्गा विकास आयोजना मार्फत व्यवस्थित शहरीकरणमा सघाउ पुर्याउने उद्देश्य राखेको छ ।

व्यास नगरपालिकाको वार्ड नं. १० स्थित पूर्वमा व्यास मार्क ५० मिटरभित्र पश्चिममा मादी नदीले कटान गरी बनेको डील, उत्तरमा बोटेनी खोल्सी र दक्षिणमा व्यासमार्गको प्रतिक्षालय चोकदेखि बोटे संग्रालय जाने बाटोको चार किल्लाभित्र पर्ने व्यास नगरपालिकामा संचालन आयोजना सञ्चालन गरिनेछ ।

यस आयोजना संचालनका लागि कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानले ऋण सम्झौतामा हस्ताक्षर गरे । सम्झौता कार्यक्रममा व्यास नगरपालिका अन्य पदाधिकारीहरु तथा कोषका पदाधिकारीहरुको समेत उपस्थिति थियो ।

आयोजनाको कुल अनुमानित लागत १३ करोड ७२ हजारको ७० प्रतिशत रकम कोषको तर्फबाट ऋण स्वरुप र ३० प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिने आयोजना प्रमुख इन्जिनियर रवीन्द्र मूलले जानकारी दिए ।

गण्डकी प्रदेशको नगरपालिकाहरुमा पर्यटन, सम्पदा, कला र संस्कृतीको धनी एवं शिक्षा, स्थास्थ्य, कृषिका क्षेत्रहरुमा प्रचुर सम्भावना रहेको व्यास नगरपालिकामा यस आयोजनाले व्यवस्थित र सुन्दर वस्ती विकास गर्नमा महत्वपूणर् योगदान रहनेछ ।

यस आयोजनाबाट त्यस क्षेत्रका जग्गा धनीहरुले समानरुपमा शहरी सुविधा प्राप्त गरी जीवनस्तरमा समेत बृद्धि गराउन सहयोग पुर्याई आर्थिक वृद्धिमा समेत टेवा पुग्नेछ ।

आयोजनाको विसं २०८० भित्र कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नगर विकास कोषसँग लिएको ऋण भुक्तानी गर्नुपर्ने अवधि ६ वर्षको रहनेछ भने वार्षिक ८ प्रतिशत ब्याजदरमा ऋण लगानी गरिने कोषले जनाएको छ ।

पहिलो चरणमा २६१ रोपनी क्षेत्रफलमा एकीकृत बस्ती योजना निर्माण गर्ने लक्ष्य रहेको  ।

विसं २०७७ माघमा नगर विकास कोषको प्राविधिक सहयोगमा बैरेनी जग्गा एकीकरण विकास आयोजनाको सुरुआत गरी विसं २०७८ फागुन २ गते राजपत्रमा आयोजना स्वीकृतिको सूचना प्रकाशित भएपछि प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने र नगर विकास कोष का कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले हस्ताक्षर गरी ऋण सम्झौता गरे ।

दमौली बजार र भादगाउँ क्षेत्र बस्तीले साँघुरिँदै गएको अवस्थामा एकीकृत बस्ती बसाउन दीर्घकालीन सोचका साथ नगर विकास कोषसँग हातेमालो गर्दै नगरपालिका अघि बढेको नगरप्रमुख न्यौपानेले बताए ।


Read Previous

डाेल्पाकाे त्रिवेणीदेखि इलसम्मकाे सडक जगदुल्ला जलविद्युत् कम्पनीले निर्माण गर्ने, स्थानीय खुसी

Read Next

उपत्यकामा वाटर एटिएमको प्रयोग बढ्दो

Leave a Reply

Your email address will not be published. Required fields are marked *