Nepal Purbadhar

नुवाकोटको त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा


काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ नुवाकोटको त्रिशूली पुगेका छन्।

बाढी प्रभावित जलविद्युत् आयोजनाको निरीक्षण तथा उद्धार कार्यको पछिल्लो अवस्थाबारे जानकारी लिन नुवाकोट पुगेका मन्त्री श्रेष्ठले त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा गृहमन्त्री सुधन गुरुङसँग छलफल थालेका छन्।

गृहमन्त्री गुरुङ सैन्य तालिम केन्द्रमै बसेर उद्धार कार्यका लागि समन्वय गरिरहेका छन्। जलविद्युत् आयोजनाका सुरुङमा उद्धारका लागि खटिएका नेपाली सेनाका उच्च अधिकारीले मन्त्री श्रेष्ठलाई पछिल्लो प्रगति विवरणबारे ब्रिफिङ गरेका छन्।

मन्त्री श्रेष्ठसँगै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह पनि नुवाकोट पुगेका छन्।

ब्रिफिङ लिएपछि मन्त्री श्रेष्ठ हेलिकप्टरमार्फत रसुवास्थित जलविद्युत् आयोजनाको उद्धारस्थलको निरीक्षणमा जाने कार्यक्रम छ। उनले बाढीमा प्रभावित तथा पीडितका परिवारसँग समेत छलफल गर्ने बताइएको छ।


Read Previous

लोकसेवामा नाम निकालेर पहिलो पोष्टिङमा टिमुरे पुगेका आयुष अस्ताए, देवघाटमा अन्त्येष्टि

Read Next

त्रिशूलीमा बाढी प्रभावित जलविद्युत् आयोजना र उद्धारबारे उच्चस्तरीय छलफल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar