Nepal Purbadhar

प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता, भोटेकोशी बाढीबारे छलफल


काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।

भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा सरकारले गरिरहेको खोजी, उद्धार, राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको छ।

प्रभावित नागरिकको उद्धार तथा राहतसँगै बाढीबाट क्षति पुगेका संरचनाको पुनःस्थापनाका विषयमा समेत छलफल भएको थियो।

प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको रक्षा, राहत सामग्रीको सहज पहुँच तथा पुनःस्थापनाका लागि सरकारी संयन्त्रहरू पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराएका छन्।


Read Previous

त्रिशूलीमा बाढी प्रभावित जलविद्युत् आयोजना र उद्धारबारे उच्चस्तरीय छलफल

Read Next

माथिल्लो त्रिशूली-३ ‘बी’को सुरुङमा नेपाली सेनाको उद्धार प्रयास जारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar