Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित    लगानी सम्मेलनमा २० परियोजनामा आशयपत्र आह्वान गरिँदै    १५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन सुरु हुँदै    साढे २८ हजार मेगावाट जडित क्षमता पुर्याउन ६१ खर्ब लगानी चाहिने,स्वदेशी पुँजीबाट २० खर्ब जुट्दा, बाँकी कसरी जुटाउने ? बागलुङ-म्याग्दी सडकमा कालोपत्र गर्न सुरु २५ हजारले अवलोकन गरे हिमालयन हाइड्रो एक्स्पो,प्रतिश्पर्धामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार वितरण ऊर्जा सुरक्षाको लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प, ‘नेपालमा उत्पादन हुने हाइड्रोजन संसारकै सस्तो’

धरान उप-महानगरकाे खानेपानी समस्या अन्त्य गर्न संघीय सरकारले सघाउने


काठमाडौं । संघीय सरकारले प्रदेश-१ काे सुनसरी जिल्लास्थित धरान उप-महानगरपालिकाकाे खानेपानी समस्या अन्त्यका लागि सहयाेग गर्ने प्रतिबद्धता जनाएकाे छ । अर्थ मन्त्रालयले उप-महानगरले वर्षाैंदेखि झेल्दै आएकाे सफा स्वच्छ खानेपानीकाे समस्या अन्त्य गर्न पूर्ण सहयाेग गर्ने प्रतिबद्धता जनाएकाे हाे ।

उप-महानगरका मेयर हर्क साम्पाङ्गले मंगलबार अर्थमन्त्री जनार्दन शर्मालाई भेटी खानेपानीकाे समस्या समाधानका लागि गुहारेपछि मन्त्रालयले सहयाेग गर्ने प्रतिबद्धता जनाएकाे छ । साम्पाङसँगकाे भेटमा अर्थमन्त्री शर्माले मन्त्रालयले प्राविधिक तयारी सकिएपछि खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक बजेटकाे जाेहाे गर्न उप-महानगरलाई सहयोग गर्ने आश्वसन दिए ।

मन्त्री शर्माले मेयर साम्पाङ्ग र उनकाे टीमले  धरानका जनताको  खानेपानी समस्या समाधानका लागि गरिरहेकाे जनपरिचालनले देशभरमा राम्राे सन्देश दिएकाे बताए । ‘तपाईंले अहिले खानेपानीको समस्या समाधानका लागि गरिरहेको जनपरिचालन निक्कै उदाहरणीय छ । अरु स्थानीय सरकारले पनि यसकाे अनुशरण गर्न सक्छन्’, उनले भने ।

भेटमा मेयर साम्पाङ्गले धरानमा खानेपानीको मुख्य समस्या रहेको र यसलाई समाधान गर्न संघीय सरकारको सहयोग आवश्यक परेकाे बताए । उनले संघीय सरकार स्थानीय तहकाे अविभावक भएकाले पनि समस्या परेकाे बेलामा प्राविधिक तथा वित्तीय स्राेत जुटाउन सहयाेग गरिदिनु पर्नेमा जाेड दिए ।


Read Previous

जलविद्युत आयोजनालाई सुरक्षा दिन इप्पानको सरकारसँग माग

Read Next

प्राधिकरण कर्मचारी संघको नेतृत्व ‘रिक्त’

Leave a Reply

Your email address will not be published.