Nepal Purbadhar

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

जलविद्युत आयोजनालाई सुरक्षा दिन इप्पानको सरकारसँग माग


काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरको संस्था नेपाल (इप्पान) ले जलविद्युत आयोजनालाई सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग जोडदार माग गरेको छ ।

रसुवा जिल्लामा निर्माणाधीन सान्जेन (४२.५ मेगावाट) र माथिल्लो सान्जेन (१४.८ मेगावाट) जलविद्युत कम्पनीको आयोजना हेर्ने साइट कार्यालयमा तोडफोड र आगजनी गरेको प्रति इप्पानको गम्भिर ध्यानकर्षण भएको विज्ञप्तिमा उल्लेख गरेको छ । ‘प्रभावित क्षेत्रका स्थानीयको अधिकारका नाममा भएको यस्तो गतिविधिको इप्पान घोर भत्र्सना र निन्दा गर्दछ’ मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

परियोजनाहरुको कार्यस्थलमा हुने गरेका यस्ता घटनाहरुलाई निरुत्साहित गर्न र पुनः हुन नदिई सुरक्षाको प्रत्याभूति गराउनुपर्ने इप्पानको माग छ । साथै तत्काल यस घटनाको निष्पक्ष छानविन गरी दोषीउपर कानूनी कारवाही गर्न पनि माग गरेको छ ।

यसअिघ २९ साउन २०७९ आइतवार ७०/८० जनाको समूहले आयोजनाको साइट कार्यालय तोडफोड र आगजनी गरेको गरेको थियो । आयोजनासँग आफ्ना मागहरु भए शान्तिपूर्ण तथा शिष्टतापूर्वक राख्न र आपसी वार्तामार्फत समाधान गर्नुपर्ने इप्पानको भनाइ छ ।

परिस्थितिलाई नजरअन्दाज गरेर बलजफ्ती गरिनु सैह्य नहुने विज्ञप्तिमा उल्लेख छ । यस्ता गतिविधिले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको ऊर्जा क्षेत्रमा नकारात्मक सन्देश प्रवाह हुने र यो क्षेत्र निरुत्साहित हुने ऊर्जा उत्पादकहरुको भनाइ छ ।


Read Previous

बस्नेतकाे अध्यक्षतामा नेपाल पूर्वाधार पत्रकार समाजकाे नयाँ कार्यसमिति चयन

Read Next

धरान उप-महानगरकाे खानेपानी समस्या अन्त्य गर्न संघीय सरकारले सघाउने

Leave a Reply

Your email address will not be published.