Nepal Purbadhar

प्रतिलिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुग्यो, डिजेल र मट्टीतेलमा २७ रुपैयाँ वृद्धि


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । निगमले आइतबार मध्य रातिदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको हो ।

पेट्रोल लिटरमा एकै पटक २१ रुपैयाँ बढाइएको छ । मूल्य वृद्धिपछि अब प्रतिलिटर पेट्रोल खरिद गर्नका लागि १९९ रुपैयाँ तिर्नुपर्ने भएको छ ।
यस्तै, मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँ बढेको छ । आइतबारको मूल्य वृद्धिपछि प्रतिलिटर डिजेल र मट्टीतेलको मूल्य १९२ रुपैयाँ पुगेको छ ।

आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर १९ रुपैयाँ बढाएर १८५ रुपैयाँ पुर्याइउको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय हवाई इनधनमा समेत प्रतिकिलोटिरमा १०० अमेरिकी डलर बढाएर १ हजार ६ सय ४५ अमेरिकी डलर पुर्याएको निगमले जनाएको छ । खाना पकाउने ग्यासको मूल्य भने नबढाई यथावत राखिएको छ ।

यसअघि गत जेठ २६ गते पनि पेट्रोलमा प्रतिलिटर ८ र डिजेल र मट्टीतेलमा १२ रुपैयाँ मूल्य बढाएर समायोजन गरिएको थियो । युक्रेन–रसिया युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतार–चढाव आउँदा त्यसको असर नेपालमा पनि देखिएको छ । दुई देशको युद्ध सुरु भए यता नेपालमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ ।


Read Previous

डिजिटल रुपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यमा जोड,सूचना प्रविधि उच्च आयोग गठन हुँदै

Read Next

सवारी साधनको भाडा बढ्यो, कुन रुटको कति ?