Nepal Purbadhar

सुदूरपश्चिम रोयल्समा वेष्ट इण्डिजका अलराउन्डर फेबियन एलेन अनुबन्ध


काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले वेष्ट इण्डिजका अलराउन्डर फेबियन एलेनलाई अनुबन्ध गरेको छ। टोलीले आइतबार एलेनलाई अनुबन्ध गरेको औपचारिक जानकारी दिएको हो।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले एलेनको आगमनले टोलीको स्पिन बलिङ र तल्लो क्रमको ब्याटिङलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।

उनले एलेन अनुभवी टी-२० खेलाडी भएकाले उनको अलराउन्ड प्रदर्शनबाट टोलीले फाइदा लिन सक्ने बताए। विशेषगरी स्पिन बलिङ र तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने क्षमताले टोलीलाई प्रतिस्पर्धात्मक बनाउन सहयोग पुग्ने उनको भनाइ छ।

३१ वर्षीय एलेन बायाँहाते स्पिन बलिङ र आक्रामक ब्याटिङका लागि परिचित छन्। उनले वेष्ट इण्डिजका लागि २० एकदिवसीय अन्तर्राष्ट्रिय र ४२ टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्।

सुदूरपश्चिम रोयल्सले यसअघि शनिबार वेष्ट इण्डिजकै अर्का खेलाडी शेरफन रदरफोर्डलाई पनि टोलीमा अनुबन्ध गरेको थियो। लगातार विदेशी खेलाडी भित्र्याउँदै सुदूरपश्चिमले आगामी संस्करणका लागि आफ्नो टोलीलाई बलियो बनाउने तयारी गरेको छ।


Read Previous

एनपीएल सुरक्षामा दैनिक एक हजार प्रहरी खटाइने, ड्रोन र तालिमप्राप्त कुकुरबाट निगरानी

Read Next

ऊर्जा विकासमा निजी क्षेत्र : सम्भावनादेखि चुनौतीसम्म

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar