Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो    तेस्राे लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार    चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी    सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण    पीपीपी माेडालिटी प्रवर्द्धन गर्न वाप र नापबीच समझदारी उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन

कर्णालीको बजेट साढे ३२ अर्ब, भौतिक र ऊर्जामा मात्र ४५ प्रतिशत (बजेटको पूर्ण पाठ)


काठमाण्डौ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख बजेट प्रश्तुत गरेका छन् ।

बुधबार मन्त्री विष्टले प्रदेशसभामा सबे बजेट प्रश्तुत गरेका हुन् । सार्वजनिक बजेटमा पूँजीगततर्फ १९ अर्ब ४३ करोड ५ लाख र चालुतर्फ ९ अर्ब १६ करोड ९९ लाख बिनियोजन गरिएको छ ।

बजेटमा आन्तरिक राजश्वबाट ७१ करोड २९ लाख, चालु आर्थिक बर्षको खर्च नभएर बाँकी रहन जाने करिब ४ अर्ब ५५ करोड ४५ लाख र संघीय सरकारबाट राजश्व बाँडफाँटवापत ९ अर्ब २ करोड २० लाख आउने प्रक्षेपण गरिएको छ ।

यसैगरी वित्तिय समानीकरण अनुदानबाट प्राप्त हुन आएको १० अर्ब ७२ करोड ६४ लाख र सशर्त अनुदानबाट ५ अर्ब ६९ करोड ६७ लाख रकम परिचालन गरिने उनले सार्वजनिक गरेको बजेटमा उल्लेख छ ।

आगामी आर्थिक वर्षको लागि भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिँदै बजेट सार्वजनिक गरिएको छ ।

बजेट भौतिक पूर्वाधार मन्त्रालयका लागि १० अर्ब ९२ करोड अर्थात ३३ प्रतिशत तथा जलस्रोत तथा ऊर्जा मन्त्रालयका ३ अर्ब ७९ करोड अर्थात ११.६३ प्रतिशत विनियोजन गरिएको छ । यसैगरी बजेटमा उद्योग, पर्यटन, वन तथा वातवारण मन्त्रालयको लागि २ अर्ब १७ करोड बजेट विनियोजन गरिएको छ ।

बजेटको पूर्ण पाठ: karnali budget


Read Previous

मधेश प्रदेशको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रमका लागि १ अर्ब २६ करोड बजेट (बजेटको पूर्ण पाठसहित)

Read Next

५ वर्षमा साढे ३ खर्बको बिजुली निर्यात गर्न सकिन्छः मन्त्री भुसाल (संसदमा दिएकाे जवाफको पूर्ण पाठ)

Leave a Reply

Your email address will not be published.