Nepal Purbadhar

भदौ १७ गतेदेखि प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने निर्णय


काठमाडौं। प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिले भदौ १७ गतेदेखि प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने निर्णय गरेको छ।

सभामुख डोलप्रसाद (डीपी) अर्यालको सभापतित्वमा आज बसेको समितिको बैठकले भदौ १७ गते बस्ने बैठकको कार्यसूचीसमेत तय गरेको हो।

भदौ १७ गतेको बैठकमा भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिबारे दलगत रूपमा धारणा राख्ने निर्णय भएको छ।

त्यसपछि सोही विषयमा विशेष प्रस्ताव पारित गर्ने र क्रमशः सदनका नियमित बैठकहरू सञ्चालन गर्ने निर्णय समितिले गरेको छ।


Read Previous

प्रहरी रिपोर्ट: बाढीको मौका छोपेर चोरी र ठगी गर्ने पक्राउ, विभिन्न स्थानमा सेफ फेला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar