Nepal Purbadhar

मधेश प्रदेशको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रमका लागि १ अर्ब २६ करोड बजेट (बजेटको पूर्ण पाठसहित)


काठमाडौं । मधेश प्रदेश सरकारले एउटा निर्वाचन क्षेत्रमा एउटा पक्की सडक निर्माण गर्ने भएको छ । प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले बुधबार आगामी आर्थिक वर्ष (२०७९/८०) को वार्षिक बजेट सार्वजनिक गर्दै एउटा निर्वाचन क्षेत्रमा एउटा कालोपत्र सडक पुर्याउने घोषणा गरेका हुन् ।

प्रादेशिक सडक निर्माणका लागि प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रम अन्तर्गत सडक पूर्वाधार निर्माण गर्न बजेट विनियोजन गरिएको हो । कार्यक्रम अन्र्तगत प्रत्येक निर्वाचन क्षेत्रमा न्युनतम ५ किलोमिटर सडक निर्माण गरी कालोपत्रे गर्न १ अर्ब २६ करोड रुपैयाँ बजेट विनियोजन गरेको साहले बताए ।

यस्तै, मधेश प्रदेशमा हाल निर्माणाधीन सडक तथा पुलहरूको कामलाई निरन्तरता दिन ४१ करोड रुपैयाँ विनियोजन भएको छ । प्रदेश सरकारले निर्माण गरेका तथा स्तरोन्नति गरेका सडकको नियमित मर्मत सम्भार गरी दिगो रूपमा सञ्चालन गर्न पनि बजेट विनियोजन गरिएको छ ।

प्रदेशका पालिका केन्द्रहरूलाई प्रदेशको राजधानीसँग पक्की सडक सञ्जाल मार्फत जोड्नका लागि वैदेशिक सहयोगमा ‘प्रदेशिक एवं स्थानीय सडक सुधार कार्यक्रम’ सञ्चालन गर्न पारस्परिक योगदान कोषका लागि २४ करोड ५० लाख रुपैयाँ विनियोजन भएको मन्त्री साहले बताए ।

पर्सादेखि सप्तरीसम्मको ‘मधेश शहिद राजमार्ग’को अध्ययनका लागि पनि बजेट विनियोजन भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष (२०७९/८०) का लागि ४६ अर्ब ८८ करोड ९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

 

बजेटको पूर्ण पाठ:आगामी-बक्तव्य-बजेट


Read Previous

प्रदेश-१ मा पौने ४० अर्ब बजेट, ५० प्रतिशत पुर्वाधार क्षेत्रमा (बजेटको पूर्ण पाठसहित)

Read Next

कर्णालीको बजेट साढे ३२ अर्ब, भौतिक र ऊर्जामा मात्र ४५ प्रतिशत (बजेटको पूर्ण पाठ)