Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024
२ महिनादेखि गण्डक जलविद्युत केन्द्रकाे विद्युत् उत्पादन ठप्प, दैनिक ८ लाख नाेक्सानी पोखरा-सेतीवेणी-रिडी सडकको ट्रयाक खुल्यो    १० महिनादेखि शेयर निष्काषन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित मुग्लिन-पोखरा सडक : क्षतिपूर्ति लिएर घरटहरा भत्काउन ढिलाइ   शुक्रबारसम्म काठमाडौंका ३ वितरण केन्द्रकाे फिडरकाे विद्युत सेवा अवरुद्ध हुने    ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी   

बजेटमार्फत सबै आयोजनाको १ वर्ष म्याद थप्न निर्माण व्यवसायीको सुझाव (पूर्ण पाठसहित)


काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा समेट्नुपर्ने निर्माण क्षेत्रका २४ बुँदे सुझाव सरकारलाई बुझाएको छ ।महासंघले बजेटमा सबै आयोजनाको म्याद १ वर्ष थपको व्यवस्था गर्न सुझाव दिएकाे छ ।

त्यस्तै, २०७६ असार मसान्तसम्मको निर्माण व्यवसायीहरुले तिर्नुपर्ने आयकरको बाँकी रकम कोभिड–१९  र जे.भी. पार्टनरले गर्दा लामो समयदेखि बाँकी रहेको छ । सो मुल्य अभिवृद्धि करको साँवा रकम २०७९ साल पौष मसान्तसम्म बुझाएमा एकपटकको लागि सरकारले बजेटमार्फत मिनाहा गरी शुरुको साँवा रकम भुक्तानी भएमा फरफारक गरिनुपर्ने सुझाव दिएको छ ।

महासंघले निर्माण व्यवसायीहरुले निर्माण कार्य गर्दा खरिद गरिएका हेभी इक्युप्मेण्ट सरह निर्माण कार्यमा प्रयोग हुने विभिन्न ट्रिपर, ट्याङ्कर, पिकअप लगायत हलुका सवारी साधनमा समेत परियोजनाको सिफारीसमा भन्सार महसूल शतप्रतिशत छुट हुनुपर्ने सुझाव दिएको छ ।

सुझावकाे पूर्ण पाठः FCAN Budget Suggestion for 079-80


Read Previous

वैज्ञानिक ढंगबाट सहरी पूर्वाधार निर्माण गर्न मेयर र उप-मेयरलाई उद्योग संगठन मोरङको सुझाव

Read Next

बन्चरेडाडाँका स्थानीयको माग सम्बोधन गर्न सरकार प्रतिबद्धः मन्त्री झाँक्री

Leave a Reply

Your email address will not be published.