Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने

सगरमाथा आरोहणको क्रममा २ नेपाली र १ विदेशी नागरिकको मृत्यु


काठमाडौं । यस सिजनको सगरमाथा आरोहणका क्रममा २ नेपाली सहित १ विदेशी नागरिकको मृत्यु भएको छ । पर्यटन विभागका अनुसार सगरमाथामा आरोहण दलका सहयोगी निङ्मा तेञ्जिङ शेर्पा र नेपाली आरोही दिपक महतको मृत्यु भएको हो ।

त्यस्तै, आरोहण अभ्यासका क्रममा २४ वैशाखमा रसियन नागरिक ५५ वर्षीय पावेल कोस्ट्रीकिनको उचाइ (हाइ अल्टीच्यूट सिकनेस) का कारण क्याम्प १ मा मृत्यु भएको हो । नेपाली आरोही दिपक महतलाई क्याम्प २ मा उचाइका कारण विरामी परेका थिए । महतको हेलिकोप्टरमार्फत् उद्धार गरिएको भएपनि उपचारको क्रममा मृत्यू भएको हो ।

विभागका अनुसार जारी सिजनमा सगरमाथा आरोहणका लागि ७३ महिला र २४६ पुरुष गरी कुल ३ सय १९ ले अनुमति लिएका छन् । जसमा ४ सय ८० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । बिहीबारसम्म ओरोही र आरोहण सहयोगी दलका गरेर ४ सय ८० बढीले आरोहण गरेको पर्यटन विभागले जनाएको छ ।

आरोहण अनुमति लिनेमा ५९ देशका क्रमश अमेरिकी नागरिक ६५, बेलायती नागरिक ३४, भारतीय २४, नेपाली २१, फ्रन्सेली नागरिक १३, क्यानेडीयन १७, हंग्रेरीका २४ नागरिक रहेको विभागले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । जारी सिजनको पहिलो आरोहण वैशाखको. २४ गते आरोही कामीरिता शेर्पासहितको ११ जना शेर्पाको टोलीले डोरी टागेर विश्वकै अग्लो हिमाल सगरमाथाको चुचुरो चुमेका थिए ।

यो सिजन सहित गरेर शेर्पाले पूरुषतर्फ सबैभन्दा बढी २६ औं पटक सगरमाथाको आरोहण गरी किर्तिमानी कायम गरेका छन् । जारी सिजनमा नै लाक्पा शेर्पाले १० औँपटक सगरमाथा चढ्ने पहिलो महिलाको कीर्तिमानी कायम गरेकी छन् ।


Read Previous

बेनीघाट–आरुघाट–लोर्केभञ्ज्याङ सडकमा बेलीबृजको उद्घाटन (फोटोफिचर)

Read Next

माइती नेपालमा आबद्ध महिलाका लागि एनएमबी बैंकको वित्तीय साक्षरता कार्यक्रम

Leave a Reply

Your email address will not be published.