
काठमाडौं । सरकारले २६ वर्षदेखि बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने उद्देश्यले गत साउनदेखि परीक्षण उत्पादन गरिरहेको छ ।

उद्योगका ४ सय ८ वटामध्ये १५ वटा तान (लुम) मर्मतसम्भार गरेर नेपाली सेनाको प्राविधिक व्यवस्थापनमा परीक्षण उत्पादनको काम जारी छ । ती मेसिनमार्फत निजामती महिला कर्मचारीका पोसाक तथा अस्पतालका बेडसिट तयार पारिएको छ । चीन सरकारको सहयोगमा २०३२ सालमा स्थापना भएको यो उद्योग २०५७ सालमा बन्द भएको थियो ।

तस्बिर : सरला अधिकारी/नेपाल फोटो लाइब्रेरी
















