Skip to main content

Nepal Purbadhar

२६ वर्षदेखि बन्द हेटौँडा कपडा उद्योग फेरि चलाउन यसरी हुँदैछ परीक्षण उत्पादन (तस्बिर)


काठमाडौं । सरकारले २६ वर्षदेखि बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने उद्देश्यले गत साउनदेखि परीक्षण उत्पादन गरिरहेको छ ।

उद्योगका ४ सय ८ वटामध्ये १५ वटा तान (लुम) मर्मतसम्भार गरेर नेपाली सेनाको प्राविधिक व्यवस्थापनमा परीक्षण उत्पादनको काम जारी छ । ती मेसिनमार्फत निजामती महिला कर्मचारीका पोसाक तथा अस्पतालका बेडसिट तयार पारिएको छ । चीन सरकारको सहयोगमा २०३२ सालमा स्थापना भएको यो उद्योग २०५७ सालमा बन्द भएको थियो ।

तस्बिर : सरला अधिकारी/नेपाल फोटो लाइब्रेरी


Read Previous

चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढीको कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar