Nepal Purbadhar

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसहित निकटस्थको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा


काठमाडौं। सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित उनका निकटस्थ र नातेदारका घरमा छापा मारेको छ।

विभाग निकट स्रोतका अनुसार जबरा, नवराज थपलिया, दीपक तिमल्सिना र नारायण दाहालको घरमा टोलीले छापा मारेको हो। जबराका भाइ प्रभुशमशेर जबरा र ज्वाइँ नाता पर्ने नवीन बस्नेतको घरमा समेत टोली पुगेको छ।

छापाका क्रममा केही महत्त्वपूर्ण कागजात बरामद गरिएको स्रोतले जनाएको छ।

यसअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई उनकै घरबाट मध्यराति पक्राउ गरी करिब १२ घण्टा नियन्त्रणमा लिएर छाडेको थियो।


Read Previous

शहरको सौन्दर्यकरणका नाममा हुर्किसकेका रूख काटेर राखिएका झण्डा फेर्नै वार्षिक लाखौँ खर्च

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar