Nepal Purbadhar

पोखरामा बिजुलीका तार भूमिगत गरिँदै- (तस्बिरहरू)


पोखरा । पोखरालाई गुजुल्टिएका विद्युतीय तारमुक्त र व्यवस्थित आधुनिक सहर बनाउने उद्देश्यले मुख्य सहरी क्षेत्रमा बिजुलीका तार भूमिगत गर्ने काम तीव्र पारिएको छ। नेपाल विद्युत् प्राधिकरणको ‘पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना’ अन्तर्गत करिब १ अर्ब ३० करोड रुपैयाँको लागतमा तार भूमिगत गर्ने काम भइरहेको हो।

आयोजनाअन्तर्गत पोखराको मुख्य व्यापारिक केन्द्र न्यूरोडसहित सिर्जनाचोक र लेकसाइड क्षेत्रमा अहिले काम भइरहेको छ। यसअघि कुँडहरदेखि पृथ्वीचोक र विमानस्थल क्षेत्रसम्म भूमिगत लाइनबाट विद्युत् प्रवाह भइसकेको छ।

विद्युतीय तार भूमिगत गर्ने काम भारतीय कम्पनी टाटा प्रोजेक्ट्स लिमिटेडले गरिरहेको छ। आयोजना सम्पन्न भएपछि पोखराको मुख्य सहरी क्षेत्रका २३ किलोमिटर सडकमा रहेका विद्युतीय तार भूमिगत हुनेछन्।

सडकका पोलमा अव्यवस्थित रूपमा रहेका तार हटाएर भूमिगत प्रणालीमा लैजाँदा सहरी सौन्दर्य बढ्नुका साथै विद्युत् वितरण प्रणालीलाई व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

पोखराको मुख्य व्यापारिक तथा पर्यटकीय क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने योजनाले सहरलाई आधुनिक र व्यवस्थित बनाउने लक्ष्य राखेको छ। अहिले न्यूरोड, सिर्जनाचोक र लेकसाइड क्षेत्रमा निर्माण कार्यलाई प्राथमिकता दिइएको छ।

तस्बिर: अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी


Read Previous

करदाता प्रोत्साहन उपहारमा पर्साका लालबाबु साह कानुले जिते १० लाख रुपैयाँ

Read Next

दशैं आयो! नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar