
फाइल तस्बीर।
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले काठमाडौं उपत्यकामा एउटा कम्पनीको ग्यास सिलिन्डर उपलब्ध नभए अर्को कम्पनीको सिलिन्डरसँग समान मूल्यमा साटासाट गरी ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएकी छन्।
बाढीका कारण एलपी ग्यासको आपूर्ति केही असहज भएपछि उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन यस्तो व्यवस्था गर्न लागिएको हो।
मन्त्री यादवले व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल आयल निगम र ग्यास उद्योगलाई निर्देशन दिएकी छन्। कृत्रिम अभाव सिर्जना गर्ने वा उपभोक्तालाई दुःख दिने व्यवसायीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने उनले बताएकी छन्।
